सायरा भण्डारी र दृष्टि कोजूले जिते ५ हजार
माघ १६, २०८२, शुक्रबार | दिउँसो ०३:०५ बजे | 275
सागर गुरागाईं
माघ १६ गते, मध्यपुर थिमि– मध्यपुर थिमि नगरपालिका वडा नं. ६ चपाचोस्थित एक्टिभ र्इंग्लिस स्कुलका छात्राद्धय सायरा भण्डारी र दृष्टि कोजुले तयार गर्नुभएको रोबोटिक प्रतियोगितामा स्मार्ट हाउसले पहिलो पुरस्कार नगद रु. ५ हजार जितेका छन् । स्कुलद्धारा आयोजित (स्टेम) प्रतियोगितामा सहभागी ८ समूहका २ दर्जन बढी प्रतियोगीहरुलाई पछाडि पार्दै भण्डारी र कोजुको समूह प्रथम भएको स्कुलकी शिक्षिका उम्रिला प्रजापतिले जानकारी दिनुभयो ।
रेन अलार्मका छात्रछात्राहरु दोस्रो भएर नगद रु. ३ हजार प्राप्त गरे । त्यसैगरि अटोमेटिकका छात्रछात्राहरुले नगद रु. २ हजार हात पारेका छन् । विजयी समूह र विद्यार्थीहरुलाई एक्टिभ इंग्लिस स्कुलका प्रिन्सिपल विजय प्रजापतिले नगद सहित सम्मान गर्नुभयो ।
विद्यालयले विद्यार्थीहरुको पढाइका अतिरिक्त यसप्रकारका श्रृजनात्मक सिप र क्षमता प्रदर्शनको अवसर दिदैं आएको बताउँदै प्रिन्सिपल प्रजापतिले रोबोटिक शिक्षकहरुले सिकाउनु भएको व्यवहारिक एवं दैनिक जीवनमा प्रयोग हुने विद्युतीय उपकरण सम्बन्धि जानकारीमूलक स्टेम प्रतियोगितालाई निरन्तरता दिदैं बालबालिकाहरुको सर्वागिंण विकास गर्ने बताउनुभयो । स्कुलका निर्देशक आशाहरि प्रजापतिले वर्तमान समयमा किताबी ज्ञानका साथै बालबालिकाहरुलाई विज्ञान, गणित जस्ता विषयहरुको व्यवहारिक प्रयोग बारे जानकारी दिन उक्त प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । उक्त प्रतियोगिता अवलोकन गर्न अभिभावक एवं स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिती रहेको थियो । स्कुल परिसरमा भएको उक्त रोबोटिक (स्टेम) प्रतियोगितामा ३ दर्जन भन्दा बढि विद्यार्थीहरुले सहभागिता जनाएका थिए । व्यवहारिक एवं प्रयोगात्मक ज्ञान सँगै प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मूलमन्त्रलाई आत्मसात गर्ने स्कुलले विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउँदै आएको स्कुलका निर्देशक आशाहरि प्रजापतिले जानकारी दिनुभयो ।
