घो सहितका नेताहरु एमालेमा समाहित


माघ १६, २०८२, शुक्रबार | दिउँसो ०२:५२ बजे | 175


घो सहितका नेताहरु एमालेमा समाहित

मध्यपुर थिमि – नेपाल कम्युष्टि पार्टी समाजवादीका पूर्वनेता एवं बागमती प्रदेश समितिका सल्लाहकार कृष्ण सुन्दर घो लगायतका नेताहरु नेकपा एमालेमा समाहित हुनुभएको छ । त्यसैगरि समाजवादीको मध्यपुर थिमि नगरसमितिका अध्यक्ष नविन प्रकाश श्रेष्ठ, उपाध्यक्ष कृष्णभक्त पाँ श्रेष्ठ, सचिव द्रव्यलाल जयनासहित नेकपा समाजवादीका नेता एवं कार्यकर्ताहरु नेकपा एमालेमा समाहित हुनुभएको छ । नेकपा समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा विलय भएपछि समाजवादीका पूर्वनेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा समाहित हुने क्रम देशव्यापी निरन्तर रहेको नेकपा एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिनुभयो । 
 

Comments