भक्तपुरका स्वतन्त्र पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण
माघ १६, २०८२, शुक्रबार | दिउँसो ०२:३४ बजे | 175
भक्तपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरले आफना सदस्यहरुलाई शुक्रबार एक कार्यक्रम गरी प्रेस ज्याकेट वितरण गरेको छ । जिल्ला अध्यक्ष रेणु त्वानाबासुले जिल्ला शाखाका सदस्यहरुलाई ज्याकेट वितरण गरेकी हुन् । त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष सुरेशप्रसाद सैंजू र सल्लाहकार कृष्ण किसीले संघले पछिल्ला समयमा गरिरहेका गतिबिधिहरुबारे जानकारी गराए । कार्यक्रम सचिव विकु तललेले सञ्चालन गरेका थिए । संघमा तीन दर्जन स्वतन्त्र पत्रकारहरु आवद्ध छन् ।
फाेटाेमा हेर्नुहाेस्...
