उम्मेदवारहरु सामाजिक सञ्जालमै सीमित भइरहँदा जितराम जनताको घरदैलोमा


माघ १५, २०८२, बिहीबार | राति ०९:५० बजे | 170


उम्मेदवारहरु सामाजिक सञ्जालमै सीमित भइरहँदा जितराम जनताको घरदैलोमा

उज्यालो नेपाल पार्टीकातर्फबाट भक्तपुर क्षेत्र नम्बर-२ का उम्मेदवार जितराम लामा यति बेला घरदैलोमा व्यस्त छन्। भक्तपुरकै अधिकांश उम्मेदवारहरु सामाजिक सञ्जालमै सीमित भइरहँदा जितराम भने जनताको घरदैलोमा पुगिसकेका छन् ।

देशमा चुनावी माहौल तातिएको अवस्थामा झापा, चितवन, गोरखा र सर्लाही सरह नै भक्तपुर क्षेत्र नम्बर-२ को चुनावी चर्चा पनि चुलिँदै गएको छ। एमालेका महेश बस्नेत र रास्वपाका राजीव खत्रीले सामाजिक सञ्जालबाट एक अर्कालाई कटाक्ष गरिरहँदा उज्यालोका उम्मेदवार जितराम लामा भने आफ्ना स्पष्ट एजेन्डा र भावी योजना सुनाउँदै भक्तपुरका स-साना गल्ली तथा चोक चहारिरहेका छन्  ।

स्वभावले शालीन र भद्र जितराम राजनीतिक अनुभवले पनि खारिएका छन् । बुधवार भक्तपुर क्षेत्र नं २ काँक्रावारि, आशापुरी क्षेत्रको मतदाताहरूसङ छलफल तथा अन्तरक्रिया कार्यक्रममा जितराम लामाले आफ्ना स्पष्ट योजना सुनाएका थिए। चुनाव घोषणा भएयता नै विभिन्न उतारचढाव खेपेको उज्यालो नेपाल पार्टीमा पछिल्लो समय  व्यापक जनलहर देखिएको छ। शिक्षा स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकतालाई आफ्ना प्रमुख एजेन्डा बनाएका जितरामले भक्तपुरका ऐतिहासिक संस्कृति र सम्पदा प्रवर्द्धनलाई पनि प्रमुख प्राथमिकतामा राखेका राखेका छन् ।

जितराम लामाका प्रमुख तथा आधारभूत एजेन्डाहरू यस्ता छन् :

१)     आर्थिक विकाश उद्यमशीलता र रोजगारी, जस अन्तरगत स्थानीय रोजगारी, स्थानीय उत्पादन र             स्थानीय बजार प्रवर्द्धनमा जोड दिने।

२)     शिक्षा ज्ञान र अर्थतन्त्र सबलीकरणलाई प्राथमिकतामा राखिने।

३)     स्वास्थ्य र सामाजिक सुरक्षालाई गुणस्तरीय बनाउन विशेष पहल गर्ने।

४)     पूर्वाधार र व्यवस्थित सहर विकासमा विशेष ध्यान पुर्‍याउने।  

५)     सुशासन पारदर्शिता र जनसहभागितालाई केन्द्रमा राखिने।

६)     पर्यटन विकाश र सांस्कृतिक अर्थतन्त्र सबलीकरणमा विशेष ध्यान राखिने।

७)    नीति तथा कानुन निर्माण र संशोधनमा सक्रिय योगदान पुर्‍याउने लगायत रहेका छन्।

फाेटाेमा हेर्नुहाेस्...

उम्मेदवारहरु सामाजिक सञ्जालमै सीमित भइरहँदा जितराम जनताको घरदैलोमा

Comments