मैले जिते निःशुल्क पानी खुवाउँंछुः लवजू


माघ १५, २०८२, बिहीबार | राति ०७:०६ बजे | 855


मैले जिते निःशुल्क पानी खुवाउँंछुः लवजू

भक्तपुर । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार हरिराम लवजूले आफूले विजयी हासिल गरे भक्तपुर क्षेत्र नं १ बासीलाई निःशुल्क पानी खुवाउने बताएका छन् । पार्टी निकटको प्रेस सेन्टर भक्तपुरले विहीबार गरेको पत्रकार सम्मेलनमा लवजूले यसका लागि विविध योजनाहरु सुनाए । उनले बारम्वार आफनो जित केन्द्र सरकारसँंग पहँच बढाउनका लागि आवश्यक भएको दोह्याए । 
त्यस अवसरमा वैयक्तिक विवरणसहित अपलि पनि वितरण गरेका थिए । 
अपिल
आदरणीय भक्तपुर क्षेत्र १ का मतदाताज्युहरू सादर प्रणाम ! 
भक्तपुरका जनताको जनअधिकार बहाली र निरंकुश सत्ता विरूध्दमा २०४६ सालमा म १७ बर्षको कलिलो उमेरमा आन्दोलनमा लाग्दा गोली लागेर गम्भीर घाइते भएको र चरम यातनाका साथ झण्डै दुई महिना जेलनेल भोगेर बर्गीय मुक्ति आन्दोलनमा निरंन्तर लाग्दै कानूनकर्मी र मानवअधिकारकर्मी भएर नागरिक राजनीतिक जनताका आन्दोलनहरूमा सधैं संधर्षशील जीवन व्यतित गर्दै आएको र भाद्र २३ र २४ मा भएको जेन जी विद्रोहले उठाएका न्यायोचित जनताका मागमा सक्रिय समर्थन गरि संधै तपाईं जनतासंगै अन्यायका विरूध्द सशक्त आवाज वुलन्द गर्दै जनताकै माझमा बसेको चिरपरिचित भक्तपुरका  धर्तिपुत्र म अधिवक्ता हरिराम लवजू प्रतिनिधिसभा सदस्य क्षेत्र नं.१ को उम्मेद्वार मत माग्न अपिल गरिरहेको छु । पार्टीको घोषणापत्रका अलावा निम्न ५ आधारमा मलाइ मत दिनेछन भन्ने भरोसा गरेको छु ।  
किन दिने मलाइ तारा चिन्हमा मत ः
१. योग्यता र सक्षमता ः 
कानून शास्त्र र राजनीति शास्त्र मा स्नातकोत्तर उतिर्ण उच्च शिक्षा र भारतबाट सार्कराष्ट्र स्तरिय शैक्षिक तालिम प्राप्त गरि विभिन्न शैक्षिक संस्थाहरूमा सामाजिक न्याय र बाणिज्य कानुन विषयमा १० बर्ष बढी अध्यापन गर्दै २६ बर्ष भन्दा बढी कानूनब्यबसाय, प्रशिक्षण लगायतमा संलग्न रहि निष्ठा र इमानदारी पुर्वक सामाजिक सेवामा समर्पित रहि आउँदै गरेका मेरा हात , दिल,  दिमाग अबका दिनहरूमा मुलुक र भक्तपुरको विकास र समृध्दि तथा भक्तपुरबासी जनताको आर्थिक , सामाजिक र साँस्कृतिक उन्नयनमा निस्वार्थ , लगन र ईमान्दारिपुर्बक लाग्ने दृढ संकल्प लिइ  भक्तपुरबासी जनताका हरेक न्यायोचित समस्यामा समाधान खोज्ने र समाधान निकाल्ने पहिलो ब्यक्तिको रूपमा यहाँहरूसंगै उभिन्ने प्रण गर्दछु ।
२.मुलुकको संविधान रक्षा र कानून निर्माणमा भूमिकाः 
 नेपालको स्वाधिनता रक्षा तथा जनअधिकार बहालीका हरेक बिद्रोह, आन्दोलन र क्रान्तिमा शहादत भएका वीर सहिदहरू प्रति सलाम र वीर योध्दाहरू प्रति सम्मान गर्दै मुलुकको संबिधानमा बहुमत जनताको भावना बमोजिम संशोधन , परिमार्जन तथा जनअधिकार सुनिश्चितता गर्ने , कार्यान्वयन गर्ने, माटो सुहाँउदो र जन पक्षीय कानून निर्माण गर्ने, मौलिक हक रक्षा र कार्यान्वयन , सन्तुलित विकास लगायतका कानून र नीति निर्माणमा महत्वपूर्ण र परिणाम सहितको सार्थक भुमिका खेल्नेछु । सुशासन , सामाजिक न्याय र समृध्दि शब्दमा होइन परिणाममा र ब्यबहारमा ल्याउने पार्टी नीतिमा प्रतिबध्द भइ काम गर्नेछु ।  
३. विकास निर्माणमा भूमिका ः 
दुई फरक भौगािलक विशेषता बोकेका चाँगु र भक्तपुर न.पा.समेटिएको निर्वाचन क्षेत्रको विकास समन्यायिक, सन्तुलित र समन्वयात्मक रूपमा हुने गरि बजेट विनियोजन प्रक्रियामा विशेष भुमिका हुनेछ । “हातमा काम, खल्तीमा दाम र सिस्टममा काम“ मोडेलमा भक्तपुर बासी जनताको आर्थिक , सामाजिक र साँस्कृतिक विकास र उन्नयन मार्फत बैभवशाली गौरवपूर्ण भक्तपुर र  विश्व स्तरीय प्रतिब्यक्ति आय आम्दानीयुक्त जनता बनााउने महान अभियानमा जोड दिनेछु । जन्मदेखि मरणसम्म जीवनयापन स्वस्थपूर्ण , सरल , सहज र सामाजिक न्याय सहितको सुसंस्कृत जीवन पध्दति मोडेल दिएर मुलुकलाइ समाजवादी शासन पध्दति स्थापनामा इमानपुर्बक लाग्ने छु । 
४. देखिने र केन्द्र संग जोडिने भूमिका ः 
हो जनताको प्रतिनिधि जनताले खोजेका बखत जहिलेसुकै र जहाँसुकै जनताकै घरदैलामा देखिने , सुनिने र समाधान केन्द्रित हुनेछु। भक्तपुरलाइ मुलुकको केन्द्रसंग जोडिनेछु । अछुट जस्तो बनाइएको  भक्तपुरलाइ पुजिने र नभइ नहुने महत्वपूर्ण केन्द्रमा परिणत गर्ने महत्वपुर्ण भुमिका खेल्नेछु ।
५. जनताबाट सिट्टैमा सरकारले सियो पनि लिन नहुनेमा जोड ः
 हो भक्तपुरका जनताका मौलिक हक , कानूनी हक गैरकानूनी रूपमा खोस्ने कार्य निरंन्तर देखिएको स्थिति छ । जनताको भूमि , जनताको कमाइ र जनताको वचतमा अत्यधिक दोहनको नीति स्थानीय सरकारहरूबाट भएकोमा भक्तपुरवासी जनता आजित र पिडित छन । यसको उपचार तत्काल हुनुपर्नेछ । जनताको सम्पति सितैमा लिने तत्काल बन्द गराउन, न्यायोचित समाधान तत्काल खोज्ने तथा जनताको सम्पतिमा व्यापार गर्ने जनघाती कार्यहरू तत्काल रोक्ने महत्वपूर्ण पहल गरिनेछ ।

फाेटाेमा हेर्नुहाेस्...

मैले जिते निःशुल्क पानी खुवाउँंछुः लवजू

Comments