भक्तपुर २ को यो पटकको मत परिणाम अप्रत्याशित हुन्छ, महेश चौथौमा झर्छ
माघ १४, २०८२, बुधबार | राति ०७:१८ बजे | 325
भक्तपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता श्याम वस्नेतले यो पटकको भक्तपुर क्षेत्र नं २ को मत परिणाम अप्रत्याशित हुने दावी गरेका छन् । एवीसीडी खवर अनलाइनसँंग बुधबार विशेष कुराकानी गर्दै उनले भक्तपुर क्षेत्र नं २ मा पहिलाको मतलाई आधार बनाएर हेरे त्यो गलत हुने दावी गरे ।
आफनो पार्टीबाट निर्वाचन परिचालनमा सक्रिय रहँंदै गर्दा आफूले अर्कै दृश्य देखिरहेको उनको भनाई छ । एमालेको जनतम धेरै नै तल झरिसकेको छ, उनले थपे, जेन्जी आन्दोलनपछि एमाले यो पटकको निर्वाचनबाट पतासाप हुने निश्चित प्रायः छ । भक्तपुर २ मा पनि एमाले चौथौ स्थानसम्म रहने अनुमान उनले गरे ।
उनका अनुसार यो पटक भक्तपुर क्षेत्र न २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदबार रामप्रसार सापकोटा दीपशिखाले बाजी मार्नेछ । निकटम प्रतिद्धन्द्धी राष्टिय स्वतन्त्र पार्टीका राजीव खत्री हुने आँंकलन उनको छ । यसकारण यो पटक भक्तपुर क्षेत्र नं २ मा दुई प्रतिस्पर्धी पार्टी भनेको आफूहरुको नेपाली कम्युनिष्ट पार्टी र राष्टिय स्वतन्त्र पार्टी रास्वपावीच प्रतिस्पर्धा चल्ने उनको दावी हो ।
निकै बल प्रयोग भए एमालेका महेश वस्नेत चौथौ स्थानसम्म आउनसक्ने उनको अनुमान छ । नेपाल मजदुर किसान पार्टीका उम्मेदबार रमेश वैद्यसम्मलाई पछि पार्न सकिने उनेको अनुमान हो । नेपाली कांग्रेसका कविर राणा तेश्रो भइ महेश वस्नेत बढीमा चौथौ स्थानसम्म आउनसक्ने उनको अनुमान हो ।
भक्तपुर क्षेत्र नं २ मा यो पटक नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, नेपाली कांग्रेसबाट पत्रकार कविर राणा, एमालेबाट महेश वस्नेत, राष्टिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापालगायतको उम्मेदबारी छ ।
यसअघिको २०७९ सालको निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका दुलर्भ थापा विजयी भएका थिए । उक्त बेला यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदबारी थिएन ।
फाेटाेमा हेर्नुहाेस्...
