परमेश्वर कबीर साहेबको ५०८औं निर्वाण दिवसको उपलक्ष्यमा भव्य आध्यात्मिक महासमागम सुरु
माघ १४, २०८२, बुधबार | विहान १०:१२ बजे | 1480
मधेस प्रदेशका मुख्यमन्त्री श्री कृष्णप्रसाद यादवज्यू तथा सोही प्रदेशका स्वास्थ्य मन्त्री श्री जंगीलाल रायज्यूलाई कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागीता एवं उपस्थितिमा आज २०८२ माघ १३ गते (जनवरी २७, २०२६) बिहान ९:३० बजेबाट नेपालको धनुषास्थित सतलोक आश्रममा परमेश्वर कबीर बंदीछोड् जीको ५०८औं निर्वाण दिवसको पावन अवसरमा तीन दिवसीय विशाल आध्यात्मिक महासमागम तथा अमर ग्रन्थ साहेबको अखण्ड पाठको भव्य आरम्भ भएको छ। यो कार्यक्रम माघ १३ देखि १५ गतेसम्म (जनवरी २७ देखि २९, २०२६) तीन दिनसम्म सञ्चालन हुनेछ।
यो पावन अवसरमा धनुषास्थित सतलोक आश्रमका अतिरिक्त भारतका विभिन्न स्थानहरूमा रहेका कुल १३ वटा सतलोक आश्रमहरू (जस्तै सतलोक आश्रम धनाना धाम, सोनीपत, हरियाणा; सतलोक आश्रम कुरुक्षेत्र, हरियाणा; सतलोक आश्रम भिवानी, हरियाणा; सतलोक आश्रम सोजत, राजस्थान; सतलोक आश्रम शामली, उत्तर प्रदेश; सतलोक आश्रम खमाणों, पंजाब; सतलोक आश्रम धुरी, पंजाब; सतलोक आश्रम मुंडका, दिल्ली; सतलोक आश्रम बैतूल, मध्य प्रदेश; सतलोक आश्रम इंदौर, मध्य प्रदेश; सतलोक आश्रम महोली, सीतापुर, उत्तर प्रदेश; सतलोक आश्रम धवलपुरी, महाराष्ट्र आदि) र विश्वभरका नामदान केन्द्रहरूमा पनि एकसाथ भव्य रूपमा कार्यक्रम आयोजना भइरहेको छ। जगतगुरु तत्वदर्शी सन्त रामपाल जी महाराजको सान्निध्यमा आयोजित यस महासमागममा दैनिक लाखौं श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमका मुख्य आकर्षणहरूमा अमर ग्रन्थ साहेबको निरन्तर अखण्ड पाठ, विशाल भण्डारा (निःशुल्क प्रसाद वितरण), निःशुल्क नामदीक्षा, रक्तदान शिविर, दाईजो तथा आडम्बररहित आदर्श विवाहहरूको आयोजना रहेको छ । यी सम्पूर्ण क्रियाकलापहरूले समाजमा सच्चा भक्ति, मानव सेवा, दया तथा अन्धविश्वासमुक्त जीवनशैलीको सन्देश प्रवाह गर्ने लक्ष्य राखेका छन् । कार्यक्रमलाई सामाजिक सञ्जालहरू (जस्तै X, Facebook, Instagram, YouTube) तथा सन्त रामपाल जी महाराजको आधिकारिक च्यानलहरू (जस्तै @SaintRampalJiM, SA News Channel, Satlok Ashram Nepal तथा Satlok Ashram Dhanusha) मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ, जसले विश्वभरका भक्तजनहरूलाई घरमै बसेर सहभागी हुने सुविधा प्रदान गर्नेछ।
ऐतिहासिक महत्वका साथ, आजभन्दा लगभग ५०८ वर्षअघि विक्रम सम्वत १५७५ माघ शुक्ल पक्ष एकादशी (सन् १५१८) मा उत्तर प्रदेशको मगहर कस्बाबाट परमेश्वर कबीर साहेबले लाखौं भक्तहरूको अगाडि सशरीर सतलोक (ऋतधाम) प्रस्थान गर्नुभएको थियो। यो घटनालाई 'मगहर लीला' भनेर चिनिन्छ, जसले मगहरमा मर्नेले गधा जन्म लिन्छ भन्ने अन्धविश्वासलाई चुनौती दिएको थियो । साथै, मगहरमा मरे नरक र काशीमा मरे स्वर्ग भन्ने प्रचलित भ्रमलाई पनि पूर्ण रूपमा खण्डन गर्दै सच्चा भक्तिमार्ग र मुक्तिको प्रमाण प्रस्तुत गरेको थियो। यो दिवसको स्मरणस्वरूप हरेक वर्ष विश्वभर सतलोक आश्रमहरूमा यस्ता भव्य महासमागमहरू आयोजना हुने गर्दछन् ।
मधेस प्रदेशका मुख्यमन्त्रीज्यू तथा स्वास्थ्य मन्त्रीज्यूको विशेष अतिथिको रूपमा उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाउँदै सामाजिक एकता तथा सद्भावको सन्देश प्रवाह गरेको छ। पूर्ण ब्रह्म कबीर उपासक समाज नेपाल एवं जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजका सम्पूर्ण भक्तजनहरूबाट यो पावन अवसरमा परिवारजनसहित उपस्थित भई सच्चा भक्तिमार्ग ग्रहण गर्न हार्दिक निमन्त्रणा दिइएको छ ।
यो तीन दिवसीय महासमागमले आध्यात्मिक जागरण, शान्ति तथा सच्चा मुक्तिको मार्गलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।
फाेटाेमा हेर्नुहाेस्...
.jpeg)