नियमित योगाभ्यासले शारीरिक एवं मानसिक रुपमा स्वस्थता प्रदान गर्छः अध्यक्ष तौजले


माघ ११, २०८२, आइतबार | राति ०९:४० बजे | 385


नियमित योगाभ्यासले शारीरिक एवं मानसिक रुपमा स्वस्थता प्रदान गर्छः अध्यक्ष तौजले

सागर गुरागाईं
दधिकोट –  पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रोवेन तौजलेले नियमित योगाभ्यास गर्ने व्यक्ति शारीरिक र मानसिक रुपमा फूर्तिलो एवं निरोगी हुने बताउनु भएको छ । सूर्यविनायक वडा नं. ४ दधिकोट (नयाँबस्ती) स्थित शंकर नेशनल स्कुलमा संचालित शंकर योग साधना केन्द्रको पहिलो वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तौजलेले विधिपूर्वक योगकेन्द्रमा आएर योगगुरुको सल्लाह र निर्देशन अनुसार नियमित योगाभ्यास गर्न सबै साधकसाधिकाहरुलाई अनुरोध गर्दै सकारात्मक सोच एवं चिन्तनका लागि पनि नियमित योगाभ्यास एवं ध्यान जरुरी रहेको दावी गर्नुभयो । उक्त केन्द्रकी संयोजक भावना गुरु»को सभापतित्वमा भएको उक्त कार्यक्रममा पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष नृत्यनाथ श्रेष्ठ, महिला पतञ्जली भक्तपुरकी अध्यक्ष सुनिता श्रेष्ठ, महिला पतञ्जली सिन्धुपाल्चोककी अध्यक्ष कविता रावत लगायतका योग गुरुहरुले जीवनमा स्वस्थ रहन र सकारात्मक सोचको विकास गर्न पनि नियमित योगाभ्यास जरुरी रहेको धारणा सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । उक्त केन्द्रका सचिव प्रेमहरि श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा श्रीराम श्रेष्ठ लगायतका योगगुरुहरुले योगको अर्थ, उद्देश्य र महत्व सहित आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । शंकर नेशनल स्कुलको सभाहलमा भएको उक्त कार्यक्रममा मध्यपुर थिमि र सुर्यविनायक नपा भित्र संचालित विभिन्न योग केन्द्रका साधक साधिकाको बाक्लो उपस्थिति रहेको थियो । 
 

Comments