हारको डरले महेश बस्नेत आँंटिसकेः रास्वपा उम्मेदबार खत्री 


माघ ११, २०८२, आइतबार | दिउँसो ०२:५२ बजे | 125


हारको डरले महेश बस्नेत आँंटिसकेः रास्वपा उम्मेदबार खत्री 

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर क्षेत्र नं २ का उम्मेदबार पत्रकार राजीव खत्रीले भक्तपुर क्षेत्र नं २ मा आफनो प्रतिस्पर्धा एमाले सचिव एवं यस क्षेत्रमा एमालेबाट उम्मेदबार बनेका महेश वस्नेतसँंग नहुने दावी गरेका छन् । पार्टीद्धारा आइतबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस कुराको प्रमाण निर्वाचन परिणाम प्राप्त भएपछि स्पष्ट हुने जनाए । पार्टीले पार्टीबाट उम्मेदबार बनेका भक्तपुर क्षेत्र नं १ र २ का दुवै उम्मेदबारहरुसँंग दूधपाटीको एउटा रेष्टुरेन्टमा पत्रकार साक्षात्कार गरेको थियो । 
पत्रकार सम्मेलनमा नेता खत्रीले महेश वस्नेत यतिखेर हार निश्चित भएको भन्दै अतालिंदै हिडेको बताए । नयाँं जनमत पुराना कांग्रेस र एमालेको नभई नयाँं दलहरुमा रहेको र त्यसको नेतृत्व आफनो पार्टीले देशैभरि गरिरहेको दावी उनले गरे ।
पार्टीबाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार रुकेश रञ्जितले पार्टीले भक्तपुरको दुवै क्षेत्रमा जित निकाल्ने दावी गरे । चाँंगुनारायण नगरपालिका क्षेत्रमा यतिखेर चुनाव मेयरको चुनाव हुने हो भने स्वत रास्वपाले मेयर पदमा जित निकाल्ने उनको दावी थियो । चाँंगुको भोट वढी भन्दा वढी तानेर भक्तपुर नगरको केही भोट आए आफूले सम्मानजनक मत पाउने उनको दावी हो । भक्तपुर क्षेत्र नं १ मा चाँंगुनारायण र भक्तपुर दुई वटा नगरपालिका पर्दछन् ।  
भक्तपुर क्षेत्र नं १ मा यो पटक नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, रास्वपाबाट खत्री, नेपाली कांग्रेसबाट किरण न्यौपाने, नेकपा एमालेबाट सोम मिश्र उम्मेदबार छन् । 
भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट पत्रकार कविर राणा, एमालेबाट महेश वस्नेत, राष्टिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापालगायतको उम्मेदबारी छ । 
पछिल्लो निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका प्रेम सुवाल विजयी भएका थिए । क्षेत्र नं २ मा भने कांग्रेसका दुलर्भ थापा विजयी भएका थिए । यसअघिको निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा रास्वपाको उम्मेदबार थिएन । क्षेत्र नं २ मा भने कांग्रेस, एमाले र नेमकिपापछि रास्वपाले चौथौ वढी मत पाएको थियो । 
 

फाेटाेमा हेर्नुहाेस्...

हारको डरले महेश बस्नेत आँंटिसकेः रास्वपा उम्मेदबार खत्री 

Comments