हिन्दू जनजागरण अभियानको  अध्यक्षमा श्याम बसनेत र सचिवमा सन्तोष सिलवाल 


माघ १०, २०८२, शनिबार | राति ०८:३६ बजे | 610


हिन्दू जनजागरण अभियानको  अध्यक्षमा श्याम बसनेत र सचिवमा सन्तोष सिलवाल 

हिन्दुत्व संरक्षण र समाज सुधारको अभियान सुरु

भक्तपुर – हिन्दू धर्म, संस्कृति तथा मूल्य–मान्यताको संरक्षण र समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यसहित “हिन्दू जनजागरण अभियान” को औपचारिक घोषणा गरिएको छ। उक्त अभियान हिन्दुत्व कर्तव्यसमिति अन्तर्गत सञ्चालन गरिनेछ।

हिन्दुत्व कर्तव्यसमितिको बैठकले श्यम बस्नेत ज्यूको संयोजकत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गर्दै अभियानको घोषणा गरेको हो। समितिमा विभिन्न क्षेत्रका अनुभवी तथा समाजसेवी व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।

अभियानका सचिव सन्तोष सिलवाल ले जानकारी दिँदै भन्नुभयो कि, “हिन्दू धर्म र संस्कृतिको रक्षा, युवामा चेतना अभिवृद्धि, सामाजिक सद्भाव र नैतिक मूल्यको प्रवर्द्धन हाम्रो मुख्य उद्देश्य हो। यस अभियानमार्फत हामी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नेछौँ।”

उहाँका अनुसार, अभियानले केवल धार्मिक पक्ष मात्र होइन, सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नेछ। त्यसैअन्तर्गत हरेक महिनाको पहिलो शनिबार सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। यसले समुदायमा स्वच्छता, अनुशासन र सामाजिक एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ।

बैठकमा अभियानका आगामी कार्यक्रम, कार्ययोजना तथा संगठन विस्तारका विषयमा समेत छलफल गरिएको थियो। विभिन्न जिल्लामा शाखा विस्तार गर्दै जनस्तरसम्म अभियान पुर्‍याउने लक्ष्य लिइएको छ।

अन्त्यमा बैठकले हिन्दू जनजागरण अभियानलाई दीर्घकालीन र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको छ।

Comments