शोभा पाठकको चुनाव चिन्ह जुता
माघ ९, २०८२, शुक्रबार | राति १०:३१ बजे | 135
भक्तपुर । नेपाल जनसेवा पार्टीबाट भक्तपुर क्षेत्र नं २ मा उम्मेदबार बनेकी जानुका पाठक (शोभा पाठक)ले जुता चुनाव चिन्ह पाएकी छिन् । यसअघि नै जुता चुनाव चिन्ह रोजेकी उनले सेतो र कालो रंगको जुता चुनाव चिन्ह पाएको भक्तपुर क्षेत्र नं २ कि निर्वाचन अधिकृत राधिका सुवालले जनाइन् ।
काठमाडौंको नागार्जुन नगरपालिका ५ शरणपुर ठेगाना रहेकी उनले लामो समयदेखि भक्तपुर क्षेत्र नं २ बाट उम्मेदबारी दिने बताउँंदै आएकी थिइन् । एमाले युवा नेताबाट शाररिक रुपमा शोषित भएको भन्दै उनले ती नेताले जहाँबाट उम्मेदबारी दिन्छ, त्यहीबाट उम्मेदबारी दिने बताउँंदै आएकी थिइन् । आफूमाथि भएको अन्यायको प्रतिकारस्वरुप उनले जुता चुनाव चिन्ह मागेको बताइन्छ ।
