भक्तपुरका सर्वसाधारणलाई पनि अब कोरोना खोप
फाल्गुन ६, २०७७, बिहीबार | दिउँसो १२:०७ बजे | 20
भक्तपुरका सर्वसाधारणलाई पनि अब कोरोना खोप
भक्तपुर । भक्तपुरका सर्वसाधारणलाई पनि कोरोना खोप दिइने भएको छ । फागुन २३ गतेदेखि पहिलो चरणमा सर्वसाधारणलाई खोप दिन सुरु गरिन लागिएको हो । पहिलो पटक ६० वर्ष भन्दा वढी उमेरका सर्वसाधारणलाई खोप दिन लागेको हो ।
जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले बिहीबार गरेको पत्रकारसँंगको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख कृष्ण मिजारले दोश्रो चरणको खोप सुरु भइरहेको जानकारी गराए । त्यस अनुसार दोश्रो चरणमा पत्रकारहरुलाई पनि खोप दिने कार्यक्रम चलिरहेको जानकारी उनले गराए ।
उनका अनुसार पहिलो चरणमा जिल्लामा दुई हजार चार सय ७४ जनाले खोप लाइसकेका छन् । दोश्रो चरण अन्तर्गत हालसम्म एक हजार एक सय ६४ जनाले खोप लगाइसकेको जानकारी गराए । जिल्लामा भक्तपुर अस्पताल दुधपाटी र मध्यपुर थिमिस्थित कोरिया मैत्री अस्पतालमा खोप दिने कार्यक्रमहरु भइरहेका छन्।
त्यस अवसरमा उनले जिल्लामा हालसम्म नौ हजार पाँंच सय ५२ जना कोरोना संक्रमित भेटिएको र उनीहरुमध्ये नौ हजार तीन सय ८३ जना निको भइसकेको जानकारी प्रस्तुत गरे।