भक्तपुरका दुवै क्षेत्रमा उम्मेदबारी नामावली प्रकाशनः दुबै जनामाथिको दावी विरोध नपुगेको


माघ ८, २०८२, बिहीबार | राति ०७:३३ बजे | 155


भक्तपुरका दुवै क्षेत्रमा उम्मेदबारी नामावली प्रकाशनः दुबै जनामाथिको दावी विरोध नपुगेको

भक्तपुर

२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा ५७ जनाले उम्मेदवारी दिएका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ मा १६ राजनीतिक दल र ९ स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

यस्तै क्षेत्र नम्बर दुईमा १७ राजनीतिक दल तथा १५ स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दिएको कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका किरण न्यौपाने, नेकपा एमालेका सोम प्रसाद मिश्र, नेपाली कम्युनिष्ट पार्टीका हरिराम लबजु, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जितले उम्मेदवारी दिएका छन् ।

सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्का,आम जनता पार्टीका देवेन्द्र ठाकुर, उज्यालो नेपाल पार्टीका रमेश बल्लले पनि उमेदवारी दिएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाका ईश्वरी प्रसाद पैयानी, मितेरी नेपाल पार्टीबाट सावित्री न्यौपाने, नेपालका लागि नेपाली पार्टीका दिपक पोखरेल पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

त्यसै क्षेत्रबाट उमेदवार बन्ने अन्य मा जसपा नेपालका श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी)का चन्द्रमान कोजु, श्रम संस्कृति पार्टीका विष्णुहरि न्हिसुतु, नेकपा संयुक्तका दामोदर काफ्ले, प्रगतीशिल लोकतान्त्रिक पार्टीका रवि खाइजुले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीले जानकारी दिएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार बन्नेमा बालकृष्ण खाइतु, सुरेश कोजु, दशरथ थापा, राजु श्रेष्ठ, पुण्यराम सुवाल, सुदिप न्यौपाने, राजेश्वरी प्रजापति, विष्णुराम दमरु, सुजिता बुढाथोकी रहेकी छिन् । निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख ७ हजार ५४ जना मतदाता रहेका छन् ।

क्षेत्र नं २ मा उम्मेदवारी दिनेमा नेपाली कांग्रेसका कबिर राणा, एमालेका महेश बस्नेत, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य, नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजिव खत्री रहेका छन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा, आम जनता पार्टीकी देव कुमारी शाह, उज्यालो नेपाल पार्टीका जितराम लामाले पनि उमेदवारी दिएका छन् ।

यस्तै नेपालका लागि नेपाली पार्टीका राजेश बाडे, मंगोल नेशनल अर्गनाइजेसनका पेम्वा घले, श्रम संस्कृति पार्टीका अर्जुन बासु रहेका छन् । त्यसैगरी जसपा नेपालका नविन श्रेष्ठ, नेकपा (माओवादी) का प्रकाशराज ढुंगेल, त्रिमुल नेपालका राकेश श्रेष्ठ, नेकपा संयुक्तका लोककृष्ण दाहाल, प्रगतीशिल लोकतान्त्रिक पार्टीका जन्मदेव जैसी, नेपाल जनसेवा पार्टी जानुका पाठकले पनि उम्मेदवारी दिएका छन् ।

सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार दिनेमा प्रदीप कुमार रुपाखेती, सविन महत, अनिता भट्टराई, अर्चना भट्टराई, रेणु श्रेष्ठ, सुर्वण थापा, साजन ढकाल, नविन कुमार महत, ओमकृष्ण कुटु, बालकृष्ण श्रेष्ठ, लक्ष्मी बास्तोला पौडेल, श्यामकृष्ण धुख्वा, मधु प्रकाश साहुखल, आनन्द कार्की,मनोज लामाले पनि स्वतन्त्र उमेदवारी दिएका छन् । क्षेत्र नम्बर दुईमा ९८ हजार ३ सय ५६ मतदाता रहेका छन् ।

Comments