रास्वपा भक्तपुर २ का उम्मेदबारविरुद्ध उजुरीः को हुन् उजुरीकर्ता ?
माघ ७, २०८२, बुधबार | राति ०८:५३ बजे | 1000
भक्तपुर । भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवारी दिएका सूर्यविनायक नगरपालिका ९ महतगाउँका सविन महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजिव खत्री विरुद्ध दावी उजुरी दिनुभएको हो । महतले रास्वपा उम्मेदवार खत्रीले पेश्की फस्यौट नभएकोले बेरुजु बाँकी रहेको भन्दै दावी उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी दिने र उजुरीमा परेका सबै उम्मेदवारहरुलाई भोलि बिहीवार बिहान १० बजे कार्यालयमा सबुत प्रमाणसहित उपस्थित हुन सूचना समेत जारी गरेको छ । तोकिएको समयमा उपस्थित नभए कानून बमोजिम हुने समेत कार्यालयले जनाएको छ । उजुरी दर्ताकर्ता महत नेकपा एमालेबाट उम्मेदबारी दर्ता गरेका महेश बस्नेतका आफन्त रहेको बताइएको छ ।
