भक्तपुर क्षेत्र नं २ मा शोभा पाठकविरुद्ध दावी उजुरी 


माघ ७, २०८२, बुधबार | राति ०८:०० बजे | 150


भक्तपुर क्षेत्र नं २ मा शोभा पाठकविरुद्ध दावी उजुरी 

भक्तपुर । भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदबारी दर्ता गराएकी जानुका पाठक (शोभा पाठक) विरुद्ध दावी उजुरी परेको छ । क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवारी दिएका सूर्यविनायक नगरपालिका ९ महतगाउँका सविन महतले नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक विरुद्ध दावी उजुरी दिनुभएको हो ।
महतले नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकले नागरिकता किर्ते गरेको भन्दै उजुरी दर्ता गरेको हो । ्
निर्वाचन अधिकृतको कार्यालयले उजुरी दिने र उजुरीमा परेका सबै उम्मेदवारहरुलाई भोलि बिहीवार बिहान १० बजे कार्यालयमा सबुत प्रमाणसहित उपस्थित हुन सूचना समेत जारी गरेको छ । तोकिएको समयमा उपस्थित नभए कानून बमोजिम हुने समेत कार्यालयले जनाएको छ ।

Comments