सेनिटाईजर बनाउने तालिम
जेठ ३१, २०७७, शनिबार | विहान ०७:१५ बजे | 55
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा शक्रबार भएको सेनिटाईजर बनाउने तालिम एक कार्यक्रमबीच सम्पन्न भएको छ । संघ अन्तर्गत गठन भएको तालिम तथा सीप विकास समितिको संयोजनमा भएको उक्त तालिममा विभिन्न क्षेत्रका महिला र पुरुषहरुको सहभागिता रहेको थियो । सामाजिक दुरी कायम गर्दै संघको सभाहलमा सम्पन्न भएको तालिममा श्री सजना नकर्मीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको समापनमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदै संघका अध्यक्ष प्रदिप श्रेष्ठले मौजूदा अवस्थामा कोरोना संक्रमणबाट बच्नका लागि अत्यावश्यकिय वस्तुमा सेनिटाइजर पनि भएको कारणले गर्दा स्थानीय रुपमै यसको सहज उपलब्ध गराउने उद्देश्यले तालिमको आयोजना भएको बताउनुभयो ।
यसैगरी समापन कार्यक्रममा बोल्नु हुंदै संघका वरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धरले सिकेको सीपलाई औद्योगिक प्रयोजनमा बदल्न सक्नु पर्ने र यसका लागि संघ सहयोग गर्न तत्पर रहने बताउनुभयो । कार्यक्रममा संघ अन्तर्गत गठन भएको तालिम तथा सीप विकास समितिका संयोजक श्री पृथ्वीभक्त प्रजापतिले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।