नेपाल क्रान्तिकारी युवा संघ युवा भनपा ९ दत्तात्रय तयारी समिति गठन गर्न भेला


पुष २१, २०८२, सोमबार | राति ०८:२३ बजे | 190


नेपाल क्रान्तिकारी युवा संघ युवा भनपा ९ दत्तात्रय तयारी समिति गठन गर्न भेला

नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा नेपाल क्रान्तिकारी युवा संघ युवा भनपा ९ दत्तात्रय तयारी समिति गठन गर्न भेला सकोलानमा सोमबार सम्पन्न भयो ।

कार्यक्रममा नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष नातिभाइ ह्योम्बाले युवाहरु राजनीतिक रुपमा सचेत नहुँदा अमेरिकी साम्राज्यवादबाट संचालित जेनजी उपद्रोहले देशको खर्बाैंको जनधनको क्षति हुन पुगेको बताउनुभयो । उहाँले युवाहरू विकृति र विसंगतिबाट टाढा देश र जनताको सेवा समर्पित बनाउन अध्ययन गर्नुपर्ने बताउँदै वैचारिक र सैधान्तिक रुपमा परिपक्व भए व्यक्तित्व विकासमा समेत टेवा पुग्ने बताउनुभयो । उहाँले भक्तपुरमा किसान आन्दोलनले मोहियानी हक प्राप्त भइ आर्थिक सबलका साथै सफाइ आन्दोलनले भक्तपुर शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन भएको वताउनुभयो ।

कार्यक्रममा नेमकिपा भनपा ९ दत्तात्रय समितिका सचिव रामकृष्ण प्रजापतिले समाज राम्रो नभएसम्म हामीले आर्जन गरेको धनजन सुरक्षित नहुने बताउँदै समाजमा लुच्चालफङ्गा, चोरीडकैत, हत्याहिँसा हुने भएकोले  आदर्श  समाज बनाउन  समाजको निम्ति समय खर्चिनु पर्ने बताउनुभयो । उहाँले युवाहरु मोबाइलमा झुमिन्दा सानोतिनो समस्या सामना गर्न नसकि डिप्रेशनमा जाने गरेको बताउँदै संगठनले हरेक समस्या सामना गर्न सिकाउने बताउनुभयो । उहाँले नेक्रायुसंघ भनेको नेमकिपाको भातृ संगठन भएकोले पार्टीको मार्ग निर्देशक सिध्दान्त मार्क्सवाद, लेनिनवाद र माआेत्सेतुङ्ग विचारधारा बारे अध्ययन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा हरिकृष्ण दुवालले संगठनको आवश्यकता बारे मन्तव्य राख्नुुुभयो । भेलाले महेन्द्र प्याथको संयोजकत्वमा १५ सदस्यीय नेक्रायुसंघ भनपा ९ दत्तात्रय तयारी समिति गठन गरियो ।

Comments