यस्तो छ भक्तपुर कांग्रेसको चुनावी तयारी
पुष २१, २०८२, सोमबार | राति ०७:१० बजे | 1635
भक्तपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले सोमबार जिल्ला पार्टी कार्यालय सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा जिल्ला सभापति दुर्लभ थापाले पार्टीले चुनाव र निर्वाचनलाई सँंगसँगै लैजाने योजना रहेको सुनाए ।
उनले पार्टीको केन्द्रको नीति निर्देशन अनुसार अगाडि वढ्ने जानकारी दिए । केन्द्रमा कांग्रेस, एमाले, माओवादी आदिसँंग गठबन्धन गरेर जाने विषयमा छलफल भइरहेको सुनिएको छ, उनले भने, यसो भयो भने गठबन्धनको उम्मेदबार को हुन्छ उसैलाई जिताउन हामी लाग्नेछौं । गठनबन्धन नभई छुटाछुटै रुपमा अगाडि वढे त्यही अनुसार चुनाव लडन् पार्टी तयार रहेको उनले बताए । उनले कांग्रेसले नै जित्नुपर्ने नभई जसले जनताको विश्वास जिलेको छ, उसैले जित्ने बताए ।
विशेष गरी नयाँं दल भनिएकाहरुमाथि आक्रोश पोखेका थापाले नयाँं भनिएका दलहरु विना अजेन्डा हल्लाको भरमा अगाडि आएको भन्दै विरोध जनाए । विशेष गरेर फेसबुके उम्मेदबार बनेर नानाथरीका दलहरु अगाडि आइरहेका छन्, उनले भने, उनीहरुले त कांग्रेस नै नभएको जस्तो प्रचार गरिरहेका छन् । यही कारण पनि पत्रकार सम्मेलन गर्नुपरेको थापाले स्पष्ट पारे ।
नियमित महाधिवेशनको पक्षमा ७० प्रतिशत
पत्रकार सम्मेलन सभापति थापाले जिल्लामा ७० प्रतिशत महाधिवेशनको पक्षमा उभिएको दावी गरे । दुई पृष्ठ लामो प्रेस विज्ञप्तिमा ३८ जनाको नाम र हस्ताक्षरसहित उभिएका उनले ७०% भन्दा बढी महाधिवेशन महासमिति सदस्यहरूले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको जनाए । थापाले नियमित महाधिवेशनको मिति तय नहुँदा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने साथीहरुले अब नियमित महाधिवेशनको मिति आएपछि नियमित महाधिवेशन नै गर्नुपर्ने मत राख्दै हस्ताक्षर गरेको जनाए ।
ृनेपाली काँग्रेस भक्तपुर जिल्ला सभापतिको नेतृत्वमा आयोजित पत्रकार सम्मेलन केवल औपचारिक कार्यक्रम मात्र नभई भक्तपुरको समग्र कांग्रेस संगठनको अनुशासन, विश्वसनीयता र नेतृत्व क्षमताको परीक्षा सरह भएको जनाइयो । निर्धारित समयमै नियमित महाधिवेशन सम्पन्न हुनुपर्ने माग सहित गरिएको यो पत्रकार सम्मेलनले पार्टीभित्रको संस्थागत अभ्यास, लोकतान्त्रिक मूल्य र सहमतिको संस्कृतिप्रति पार्टी नेताहरूको गम्भीर चासो प्रष्ट संकेत गर्दछ, सम्मेलनमा सभापति थापाले भने ।
कार्यक्रममा सहभागी नेताहरूले भक्तपुर जिल्ला पार्टी समितिलाई अब ढिलाइ नगरी स्पष्ट निर्णयमा पुग्नुपर्ने, आन्तरिक मतभेदलाई संवाद र सहमतिबाट समाधान गर्दै महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । पार्टीभित्र सुदृढ संगठनिक संरचना, नेतृत्वको वैधानिकता र कार्यकर्ताको मनोबल जोगाउन पनि महाधिवेशन अनिवार्य रहेको तर्क प्रस्तुत गरियो । यसै सन्दर्भमा केन्द्रीय नेतृत्व र जिल्ला समितिको ध्यानाकर्षण गराउँदै भक्तपुर काँग्रेसले संस्थागत अनुशासनको परम्परा जोगाउन, संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउँदै अघि बढाउन आजको पत्रकार सम्मेलन महत्वपूर्ण राजनीतिक सन्देशवाहक बनेको जनाएको छ । यो सम्मेलनले भक्तपुर कांग्रेस कार्यकर्ताहरूको आकांक्षा, लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता र नेतृत्व सुधारको सङ्केत दिएको राजनीतिक टिप्पणी गर्न सकिने जनाइयो ।
पत्रकार सम्मेलनमा जिल्ला नेताहरु गणेशमान चक्रधर, कृष्णलाल भँडेल, जीवन खत्री, सुरेन्द्र श्रेष्ठ, विजेश अवाल, निशान ढुंगेल, बाबुराजा जोशी, विनोद कायष्ठ, शुसिल वस्नेतलगायतका नेताहरु सहभागी थिए ।
फाेटाेमा हेर्नुहाेस्...
