रास्वपाबाट भक्तपुर २ मा विक पक्कापक्की


पुष २०, २०८२, आइतबार | राति ०८:४८ बजे | 1035


रास्वपाबाट भक्तपुर २ मा विक पक्कापक्की

भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)बाट साजन विक दोहरिने भएका छन् । यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव लडेका विकले पुनः यो क्षेत्रबाटै प्रत्यक्ष निर्वाचन लडने घोषणा गरेका हुन् । यसअघि समानुपातिकको सूचिमा रहेका उनी समानुपातिकबाट नाम फिर्ता लिई प्रत्यक्षतर्फको चुनावमा होमिने सार्वजनिक गरेका हुन् । एउटा भिडियो सन्देशमार्फत उनले आफू प्रत्यक्षतर्फ लड्ने घोषणा गरेका हुन् ।
विक समानुपातिकमा परेपछि यसअघि यो क्षेत्रमा रास्वपाबाट को लड्ने होला भनी चर्चा भएको थियो । यस क्रममा गणेश कार्कीको नाम पनि चर्चामा थियो । साथै पार्टी जिल्ला सभापति रामेश्वर वस्नेतको नाम पनि चर्चा थियो । तर बालेन, कुलमानसँंग एकतापछि हौसिएर विक प्रत्यक्ष चुनावमा होमिन इच्छुक भएका थिए ।  
विकको सन्देश जस्ताको तस्तै 
पार्टी एकताको निर्णयलाई आत्मसात् गर्दै भक्तपुर क्षेत्र नं. २ मा म मेरो प्रत्यक्ष उम्मेदवारी रहने जानकारी गराउँदछु । पार्टीको नीति, सिद्धान्त र जनताको अपेक्षा अनुरूप जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । जनताको प्रत्यक्ष जनमतबाटै सुशासन, न्याय र समृद्दिको महायुद्दमा प्रत्यक्ष चुनाबी मैदानमा होमिन साथीहरूले गर्नुभएको अनुरोधलाई समेत मध्यनजर गर्दै पार्टीको समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएको समेत स्वघोषणा गर्दछु ।
यस्तो थियो पछिल्लो परिणाम
पछिल्लो निर्वाचनमा विक चौथौ स्थानमा सिमित थिए । नेपाली कांग्रेसका सभापति दुर्लभ थापा विजयी हुँंदा एमालेका महेश वस्नेत निकटत प्रद्धिन्द्धी भएका थिए । नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले तेश्रो स्थान सुरक्षित गरेकी थिइन् । 

Comments