भक्तपुर २ मा एमालेबाट बस्नेत पुनः दोहरिने


पुष २०, २०८२, आइतबार | राति ०७:३२ बजे | 210


भक्तपुर २ मा एमालेबाट बस्नेत पुनः दोहरिने

भक्तपुर । नेकपा एमालेका सचिव महेश बस्नेत नेकपा (एमाले) बाट भक्तपुर क्षेत्र नं. २ मा सिफारिसमा परेको जनाइएको छ । आगामी २०८२ साल फागुन २१ गते हुने संघीय प्रतिनिधी सभाको निर्वाचनमा  बस्नेत सिफारिस भएको जनाइएको छ । यसअघि पनि एमालेबाट वस्नेत नै सिफारिसमा परेका थिए । उनी कांग्रेसका दुर्लभ थापाबाट झिनो मतले पराजित भएका थिए । त्यसअघि भने वस्नेत कांग्रेका दमननाथ ढुंगानालाई शानदार मतले पराजित विजयी बनेका थिए । 
उता कांग्रेसबाट पनि जिल्ला पार्टी सभापति दुर्लभ थापासहित ६ जना सिफारिसमा परेका थिए । तर पनि थापा पहिलो नम्वरमा सिफारिसमा परेका थिए । यसकारण कांग्रेसबाट थापा नै उम्मेदबार हुने अनुमान छ । 
यता राष्टिय स्वतन्त्र पार्टीबाट भने खुलेको छैन । साथै पछिल्लो चुनावमा तेश्रो स्थान सुरक्षित राख्न सफल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पनि खुलेको छैन । 

Comments