कति बजेटमा बन्यो सुकुलढोकाको त्यो भत्केको इनार ?


पुष १७, २०८२, बिहीबार | दिउँसो ०१:३१ बजे | 260


कति बजेटमा बन्यो सुकुलढोकाको त्यो भत्केको इनार ?

भक्तपुर । भक्तपुरको सुकुलढोकास्थित सवारीसाधनको ठक्करबाट भत्केको इनार मर्मत सुधार सम्पन्न भएको छ । भत्केको इनार बनाइ अहिले रंगरोगनसमेत गरी चिटिक्क रुपमा पुरानै शैलिमा तयार भएको छ । 
भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छेंका अनुसार यो इनार सवारी दुर्घटनामा परेका व्यक्ति आफैंले मर्मत सुधार गरेका हुन् । उनको लापरबाहीका कारण क्षति भएकोले नगरपालिकाले उनैलाई इनार मर्मत सुधार गर्न लगाएको वडा अध्यक्ष विजुक्छेंले बताए । त्यस कारण कति खर्चमा बन्यो आफूहरुलाई जानकारी उनले उनले स्पष्ट पारे । यो क्षेत्र भक्तपुर नगरपालिका वडा नं ५ मा पर्दछ ।  
साढे जुधेर पनि भत्केको थियो 
वडा अध्यक्ष विजुक्छेंका अनुसार यस अघि यही इनार साँढे जुधाइका कारण पनि भत्केको थियो । उनका अनुसार २०३८।०३९ सालतिर सेतो र कालो साढे जुधाइबाट इनार भत्केको थियो । सेतोले कालोलाई हानेर इनार भत्केको उनले सम्झे । साढे जुधाइमा सेतो साँंढे इनारभित्र खसेको स्मरण उनले गरे । त्यसपछि दमकल बोलाएर इनारमा पानी भरेर खसेको साढेको उद्धार गरिएको थियो, उनले सम्झे । 
 

फाेटाेमा हेर्नुहाेस्...

कति बजेटमा बन्यो सुकुलढोकाको त्यो भत्केको इनार ?

Comments