पत्रकार लुइँटेल भारत–नेपाल मैत्री सम्मान–२०२५ बाट सम्मानित


पुष १६, २०८२, बुधबार | राति ०७:१७ बजे | 270


पत्रकार लुइँटेल भारत–नेपाल मैत्री सम्मान–२०२५ बाट सम्मानित

सञ्चारकर्मी तथा पत्रकार केशव लुइँटेल भारत–नेपाल मैत्री सम्मान–२०२५ बाट सम्मानित भएका छन्। मिडिया क्षेत्रमा दुई दशकदेखि निरन्तर सक्रिय रहँदै स्वच्छ, जिम्मेवार र जनमुखी पत्रकारितामा योगदान पुर्‍याएबापत उनलाई यस वर्षको अवार्ड प्रदान गरिएको हो। लुइँटेल नेपाल प्रेस सोसाइटीका महासचिव समेत हुन्।  साउथ एसियन रिजनल कन्ट्रीज ब्रिलियन्स अवार्ड एण्ड कल्चरल समिट–२०२५ अन्तर्गत आयोजित कार्यक्रममा सार्कका आठ देशबाट विभिन्न क्षेत्रका योगदानकर्तामध्ये ५० भन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रहेका थिए भने चिन्तामणि योगीलगायत विभिन्न देशका विशिष्ट व्यक्तिहरू विशेष अतिथिका रूपमा सहभागी थिए। काठमाडौँस्थित भारत–नेपाल मैत्री भवनमा सम्पन्न भएको कार्यक्रम पब्लिक हेल्थ केयर फाउन्डेसनका अध्यक्ष हर न्य राय यादवको अध्यक्षतामा भएको थियो। उक्त कार्यक्रम वर्ल्ड बुक अफ स्टार रेकर्ड्स र जेनिथ बुक अफ रेकर्ड्स फाउन्डेसन, भारतले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको छ।

Comments