कमलबिनायकमा पसल अनुगमन


पुष १४, २०८२, सोमबार | राति ०७:०५ बजे | 120


कमलबिनायकमा पसल अनुगमन

भक्तपुर, १३ पौष । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा फलफुल, खाद्य र अन्य गरी २० वटा पसलहरुमा अनुगमन भयो । अनुगमनमा पसल बाहिर सामान नराख्न निर्देशन दिएको संयोजक गोराले बताउनु भयो । 
अनुगमनमा अजय विजय स्टोरमा म्याद नाघेको चिटोस कुरकुरे ७ पाकेट जफत गरी पेटी र पेटी मुनि सामान नराख्न र हटाउन निर्देशन दियो ।
एस.पि.जुस सेन्टर पसल तीन दिन भित्र नविकरण गर्न र पेटी र पेटी मुनि सामान नराख्न र हटाउन निर्देशन दियो ।
सन्तोष फुड सेन्टरमा २०७४÷०७५ पछि नविकरण नगरेकोले तीन दिन भित्र नविकरण गर्न, कुहेको फलफुल पसलमा नराख्न र पेटी र पेटी मुनि सामान नराख्न र हटाउन निर्देशन दियो ।
रोजक एण्ड रोजन फेन्सी स्टोर  २०७७÷०७८ पछि नविकरण नगरेकोले तीन दिन भित्र नविकरण गर्न र पेटी र पेटी मुनि सामान नराख्न र हटाउन निर्देशन दियो ।
माया फलफुल  पसलमा म्याद नाघेको प्राण जुस ३ वटा जफत गरी नष्ट गरियो भने पेटी र पेटी मुनि सामान नराख्न र हटाउन निर्देशन दियो ।
तिमिल्सिना फेन्सी स्टोर २०७४÷०७५ पछि नविकरण नगरेकोले तीन दिन भित्र नविकरण गर्न र पेटी र पेटी मुनि सामान नराख्न र हटाउन निर्देशन दियो ।
जे बि स्टोरको दर्ता प्रमाणपत्र पसलमा नभएकोले कागजात सहित तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन, म्याद नाघेको सामानहरु फाण्टा लेमन ३ वटा जफत गरी नष्ट गरियो भने पेटी र पेटी मुनि सामान नराख्न र हटाउन निर्देशन दियो ।
सुनापाति मोबाईल रिपेयर सेन्टर दर्ता नभएकोले त्यहि दर्ता गरायो । 
ए एल एस किराना पसलमा म्याद नाघेको सामानहरु फाण्टा सानो १७ वटा, ठूलो ३ वटा, प्रिड्डल चिप्स ४ बट्टा, ध्यू २ बट्टा, स्प्राइट १ वटा फाण्टा लेमन २ वटा जफत गरी नष्ट गरियो भन पेटी र पेटी मुनि सामान नराख्न र हटाउन निर्देशन दियो ।
लक्ष्मी सुन्दर न्हुछेको तरकारी पसल दर्ता कागजात नभएकोले तीन दिन भित्र कागजात सहित नगरपालिका कार्यालयमा उपस्थित हुन र पेटी र पेटी मुनि सामान नराख्न र हटाउन निर्देशन दियो ।
प्रदिप विनायक जेन्स पार्लर पसल दर्ता कागजात नभएकोले तीन दिन भित्र कागजात सहित नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
अनुगमन समितिका सदस्य वडा सदस्य ज्ञान बहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका प्रभाष कुमार चालिसे, जिल्ला प्रशासन कार्यालयका नवराज पोखरेल, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक कमलकुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापाको सहभागी थियो ।

Comments