किन गरे श्याम बस्नेतले पत्रकार सम्मेलन ?


पुष १३, २०८२, आइतबार | राति ०९:०० बजे | 2350


किन गरे श्याम बस्नेतले पत्रकार सम्मेलन ?

भक्तपुर क्षेत्र नं १ मा भागाभाग, २ मा तछाडमछाड
भक्तपुर । उम्मेदबारीको घोषणासँंगै नेपाली कम्युनिष्ट पार्टी भक्तपुरमा भुइँचालो गएको छ । उम्मेबारी घोषणा सार्वजनिक हुन नपाउँंदै पार्टीको जिल्ला संयोजक श्याम वस्नेतले आइतबार पत्रकार सम्मेलन नै गर्नुपरयो । 
भक्तपुर क्षेत्र नं २ को उम्मेदबारीमा आफनो नाम गुमराहमा पारेको भन्दै उनले पत्रकारसमक्ष असन्तुष्टी जनाए । भक्तपुर क्षेत्र नं २ मा पार्टीले वाइसीएलका पूर्व अध्यक्ष दिपशिखा र बस्नेत दुई जना सिफारिसरमा परेका थिए । तर आफूलाई गुमराहमा पारेर दिपशिखाको मात्रै चर्चा चलाएको भन्दै उनले असन्तुष्टी जनाएका हुन् । यही असन्तुष्टी पोख्न उनले आफना केही आसेपासेलाई बोलाएर मिनी पत्रकार सम्मेलन नै गरे । यसअघि उनले अघिल्लो दिन नै आज म गम्भीर मुदमा छु भोलिसम्म केही नयाँं आउनसक्छ भन्ने सन्देश फेसबुकमा सार्वजनिक गरेका थिए । त्यहीबेलादेखि बस्नेतले पार्टी नै पो छोड्ने हो कि भन्ने बजारमा हल्ला पनि चलेको थियो ।  
आज म गम्भीर मुदमा छु ... भनेर राखेको केही समयपछि उने भोलि बिहान ११ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छु आइदिनु होला भनेर सार्वजनिक सूचना फेसबुकमार्फत् जारी गरेका थिए ।
भक्तपुर २ मा तछाडमछाड
भक्तपुर २ मा पार्टीबाट बस्नेत र दिपशिखा दुईजनाको नाम सिफारिस भएको थियो । त्यसमा दिपशिखाको नाम पहिलो नम्वरमा छ भने बस्नेतको नाम दोश्रो नम्वरमा । तर मिडियाहरुमा पनि दिपशिखा भक्तपुर २ बाट उम्मेदबार सिफारिस (कान्तिपुरमा समेत) त्यसखालको मात्रै समाचार सम्प्रेषित भएको थियो । यसो समााचार हेर्दा उहाँं (दिपशिखा एक्लै मात्रै सिफारिस भएको हो कि भन्ने सन्देश गयो, वस्नेतले पत्रकार सम्मेलनमा भने, यो त सिफारिस मात्रै हो, भोलि को उम्मेदबार छनौट हुन्छ त्यो त बाँंकी नै छ । तर आफू उम्मेदबारीमा सिफारिस नै नपरेको हो कि भन्ने खालका समाचार गएको उनको भनाई थियो ।  
भक्तपुर २ नेपाली कम्युनिष्ट पार्टीकै लागि पनि जित निकाल्न सकिने सम्भावित क्षेत्र हो । यसकारण पनि यहाँं उम्मेदबारीको प्रतिस्पर्धा चलेको हो । भक्तपुर – २ मा पछिल्लो २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी भएका थिए । थापाले २४ हजार २३९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका थिए । यस अर्थमा यो पटक दुवैको मत घटेर आउने र १६ वटा दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले जित निकाल्न सकिने उनीहरुको दावी हो । यस अर्थमा पनि यो क्षेत्र सम्भावित जित निकाल्न सकिने क्षेत्र भएको भन्दै उम्मेदबारको प्रतिस्पर्धा चलेको हो । 
२०७९ को निर्वाचनमा यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले सात हजार १२७ मत ल्याएर तेश्रो स्थान सुरक्षित गरेकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले चार हजार ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार ५६९ प्राप्त गरेका थिए । यस्तै, नेपाल आमा पार्टी ८४५, जनता समाजवादी पार्टी, नेपालका दिलबहादुर तामाङ्ले २२३, स्वतन्त्रका उमेश श्रेष्ठले २१३, हाम्रो नेपाली पार्टीका लोकेन्द्र पोखरेलले १९४, स्वतन्त्रका सुवर्ण थापाले १६७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजु नापितले १४०, नेपाल विवेकशील पार्टीका शशीविक्रम कार्कीले १२७ प्राप्त गरेका थिए । त्यसैगरी, मौलिक जरोकिलो पार्टीका लीलाबहादुर बानियाँले १०२, नेपालका लागि नेपाली पार्टीका राजेश बाडेले ९९, स्वतन्त्रका आनन्द कार्कीले ८२, आमूल परिवर्तन मसिहा पार्टी नेपालका सन्तबहादुर लाकाजुले ५७, राष्ट्रिय जनमुक्ति पार्टीका राजु श्रेष्ठले ३० मत लिए । नेश्रलिष्ट पिपुल्स पार्टीका शिवलाल रोकायाले २४, स्वतन्त्रका कल्पदीप राईले १८, स्वतन्त्रका मीनाकुमारी वालाले १६, स्वतन्त्रका मोक्टो तामाङ्ले १६, स्वतन्त्रका सुमन कार्कीले ९, स्वतन्त्रका चम्पा बोगती ६, स्वतन्त्रका रञ्जु के.सी.ले ४, स्वतन्त्रका दिनेश प्रजापतीले ३ र स्वतन्त्रका प्रमिला थापाले ३ मत प्राप्त गरे । त्यो बेला गठबन्धन भएकोले हालको नेपाली कम्युनिष्ट पार्टीका उम्मेदबारी थिएन । 
क्षेत्र नं १ मा भागाभाग
भक्तपुर क्षेत्र नं १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को प्रभुत्वको क्षेत्र हो । यो क्षेत्रमा निरन्तर नेमकिपाले सानदार मतका साथ जित निकाल्दै आएको छ । पछिल्लो निर्वाचनमा पार्टीका प्रेम सुवालले ४२ हजार मत ल्याउँदा निकटम प्रतिद्धन्द्धी एमालेका नवराज गेलाल झण्डै १० हजारमा सिमित भएका थिए । साथै तत्कालिन माओवादीका सुनिल गोठे झन पाँंच हजार मतमा खुम्चिएका थिए ।
यही कारण यो पटक सुनिले गोठे उम्मेदबार हुन नचाहेको बताइएको छ । नेपाली कम्युनिष्ट पार्टीका एक नेताका अनुसार गोठे कुनै हालतमा पनि उम्मेदबार हुन चाहेका थिएनन् । तर पनि पार्टीले उक्त क्षेत्रमा उनको नाम पनि सिफारिस गरेको थियो । यही कारण दुईवटा छुटाछुटै विज्ञप्ति सार्वजनिक भएको थियो, जसमा चारजनाको हस्ताक्षर रहेको थियो । पहिलोमा क्षेत्र नं १ मा छुटाछुटै तीनजनाको र पछिल्लोमा पनि तीनजनाको नाम नै थियो, जसमा सुनिल गोठेको नाम थिएन । बरु त्यसको सटा साजन प्रजापतिको नाम थियो । यसरी एउटामा सुनिल गोठेसहितको तीनजनाको सिफारिस र अर्काेमा साजन प्रजापतिसहितको तीन जनाको सिफारिसमा परेका नाम थिए ।  
पार्टीेले भक्तपुर–१ बाट सुदर्शन पराजुलीको नाम पहिलो नम्वरमा सिफारिस गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा पराजुली नेकपाको पहिलो रोजाइमा परेका हुन् ।
पार्टीको प्रदेश समिति सदस्य पराजुली सहकारी बिज्ञ हुन् । सहकारीमार्फत सामूहिक आवास निर्माण गरी नमूना बस्ती बसाल्न सफल नेतृत्व गरेका पराजुली चाँगुनारायण–९ मा कृषि सहकारी मार्फत उत्पादनसंग जोडिएका छन् । त्यस्तै, उनले आफ्नो निवासस्थान ताथलीलाई पर्यटनको केन्द्र बनाउने प्रयास गर्दै सुविधा सम्पन्न भिलेज रिसोर्ट समेत सञ्चालन गरिरहेका छन् । उत्पादनमा मात्र होइन, शैक्षिक एवं स्वास्थ्य संस्थाहरु मार्फत उनी समाजसेवामा समेत सक्रिय छन् । राजनीति, ब्यवसाय र समाजसेवामा समानान्तररुपले सफल पराजुली कसैको आँखामा पनि नबिझाउने पात्र मानिन्छन् ।
क्षेत्र नम्बर १ बाट उनीसँगै दोस्रो नम्बरमा हरिराम लवजु सिफारिस भएका छन् । लवजु अधिवक्ता हुन् । साथै, उनी मानव अधिकारकर्मी पनि हुन् । बौद्धिक ब्यक्तित्वको छवि बनाएका लवजु स्थानीयबीच लोकप्रिय छन् । त्यस्तै, अर्का नेता साजन प्रजापति पनि उम्मेदवार सिफारिस भएका छन् । प्रजापति भक्तपुर नगरको प्रतिनिधित्व गर्दै उम्मेदवार सिफारिस भएका हुन् । उनी लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लागेर पनि कुनै पद नपाएका नेता मानिन्छन् । भक्तपुरको मात्र नभई उपत्यकाकै नेवाः समुदायलाई संगठित गर्दै उनले आफ्नो सांंगठनिक योग्यता सावित गरिसकेका छन् ।
 

फाेटाेमा हेर्नुहाेस्...

किन गरे श्याम बस्नेतले पत्रकार सम्मेलन ?

Comments