कमलबिनायकमा खाद्य पसल अनुगमनः के देखियो त ?
पुष १३, २०८२, आइतबार | साँझ ०५:०६ बजे | 125
भक्तपुर, १३ पौष । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा १० वटा पसलहरुमा बजार अनुगमन भयो । अनुगमनमा पेटी र पेटी मुनि सामानहरु राखेको कडाइका साथ हटाउन निर्देशन दिएको संयोजक गोराले बताउनु भयो ।
अनुगमनमा कमलबिनायक इलेक्ट्रोनिक्स्मा व्यवसाय नविकर तीन दिन भित्र गर्न निर्देशन दियो ।
भिआईपि मःमः एण्ड फाष्टफुड म्याद नाघेका सामान मिरिण्डा २ वटा जफत गरी नष्ट गरियो । भने भान्छा र मःमः बनाउने ठाउ“ सफा गर्ने, मःमः बनाउने व्यक्तिले हेयर नेट, पञ्जा, माक्स र एप्रोन लगाउन निर्देशन दिई प्याकेजिड्ड मःमः खाद्य अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न र पेटीमा रहेको मःमः पकाउने भा“डो हटाउन निर्देशन दिई तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
जे एण्ड जे स्टोर पेटी र पेटी मुनि सामान नराख्न र हटाउन निर्देशन दिई तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
एस एण्ड एस स्टोर्स पेटी र पेटी मुनि सामान नराख्न र हटाउन निर्देशन दिई तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिई प्याकेजिड्ड सामान खाद्य अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न, म्याद नाघेको सामान जीरा ५ पाकेट जफत गरि नष्ट गरियो ।
अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रोशन मैया सुवाल, वडा सदस्य ज्ञान बहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्यान्जू, जिल्ला प्रशासन कार्यालयका नवराज पोखरेल, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक तेज प्रसाद खतिवडा, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापाको सहभागी थियो ।
