इताछें सास्कृतिक समूहको धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न


पुष ९, २०८२, बुधबार | राति ०८:४८ बजे | 165


इताछें सास्कृतिक समूहको धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

भक्तपुर, ८ पुस । इताछें सास्कृतिक समूहको आयोजनामा सापारु गाइजात्रामा प्रदर्शित किजापुजा प्याखंमा प्रथम स्थान हासिल गर्न सफल कलाकार तथा सास्कृतिककर्मीहरुलाई एक कार्यक्रमबीच धन्यवाद ज्ञापन सम्पन्न भयो । कार्यक्रममा अतिथि साविक १५ वडाका पूर्ववडा अध्यक्ष रविन्द्र खर्बुजाले भक्तपुर नाचगानको राजधानी भएकोले इताछें तात्कालिन समयमा देशका प्रख्यात कलाकारहरुको जन्मक्षेत्र रहेको स्मरण गर्नुभयो । बरिष्ठ कलाकारहरु गणेश बहादुर राय, धु्रव हाडा, नगेन्द्र हाडा, उमादेवी भुजु, नारायणसुन्दर भोमी, रामहरी छ्वालु जस्ता दिग्गज कलाकारहरु भएको स्मरण गर्नुभयो । किजापुजा प्याखं तात्कालिन सामाजिक परिवेशको दृष्टान्त प्रस्तुत भएकोले यसले नया“ पुस्तालाई हाम्रो इतिहासबारे जानकारी दिइरहेको बताउनु भयो । भक्तपुर नगरको विभिन्न ठाउ“ टोल अनुसार त्यस्ता विशिष्ट सांस्कृतिक सम्पदाहरु भएकोले यसको जगेर्ना गर्नुपर्ने औल्याउनु भयो । समय काल परिस्थिति अनुसार अहिलेका परिवेशहरु पनि समावेश गर्न सकेमात्र नया“ पुस्ताले हाम्रो संस्कृतिलाई अंगाल्दै जाने बताउनु भयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले नगरपालिकाले पुरानो सम्पदाबाट नया“ पुस्ताको सेवा गर्दै आएको औल्याउदै विभिन्न सांस्कृतिक विधाहरु हाम्रो समाज परिवर्तनको संवाहक बन्नु पर्ने बताउनु भयो । विभिन्न  सांस्कृतिक विधाहरुको आ–आफ्नै विशेषताहरु भएकोले त्यस्ता विधाहरुको आवश्यकता र महत्वबारे पनि कलाकारहरु सु–सूचित हुनुपर्ने बताउनु भयो । 
भक्तपुर नगरपालिका वडा नं. २ का वडा महिला सदस्य मञ्जुमैया लाखाजुले वडाको विकास निर्माणका विभिन्न गतिविधिहरु तथा स्वास्थ्य परीक्षण शिविरहरु संचालन गर्दै आएको जानकारी दिनुभयो । वडाका एतिहासिक किजापुजा प्याखं, खः प्याखं लगायतको संरक्षणको लागि नगरपालिकाबाट पहलहरु हुंदै आएको र यो बर्ष प्रस्तुत भएको किजापुजा प्याखंको निरन्तरताको कामना गर्नु भयो । 
इताछें सांस्कृतिक समूहका संयोजक राजन जतिले एतिहासिक किजापुजा प्याखं करिव एक दशक पछि मंञ्चन गराउन पाउ“दा खुसी लागेको बताउनु भयो । प्याखं तयारीको लागि विभिन्न व्यक्तिहरुबाट गरेका पहल तथा पुराना गुरु, कलाकार आदिबाट यथोचित सहयोग प्राप्त भएको र नया“ कलाकार,  गुरु, संगीतकार आदिको मिहिनेतले नै सफल भएकोले प्रत्येक्ष अप्रत्येक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आयव्यय समेत पेश गर्नुभयो । 
किजापुजा प्याखंका गुरुहरु बुद्धिबहादुर बोयजु र रामप्रसाद ध्वजुले प्याखं संरक्षणको लागि पहल गरिदिएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आ–आफ्ना अनुभवहरु सुनाउनु भयो भने कलाकारहरु सुर्यनारायण फा“जु र पुण्यराम स्वंगमिखाले पनि आफ्नो अनुभव सुनाउनु भयो । 

Comments