ओली आयोगमै आउनुपर्छ, हामी ओली निवास जाँंदैनौः विज्ञानराज शर्मा
पुष ९, २०८२, बुधबार | राति ०७:५६ बजे | 130
काठमाडौं । जेन्जी आन्दोलन क्रममा भएको दमनका दोषिहरुमाथि अनुसन्धानको छानविन गर्न गठन भएको जाँंचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आयोगमै आएर बयान दिन आउनुपर्ने बताएका छ । एउटा अनलाइन मिडियासँंगको भिडियो अन्तर्वातामा आयोगका सदस्य विज्ञानराज शर्माले आफूहरु ओली निवास नजाने र ओली आफैं आयोग आउनुपर्ने बताए ।
ओली आयोगमा बयान गर्न सार्वजनिक इन्कार गरेका छन् नि भन्ने प्रश्नमा उनले भनेका छन्, मलाई यो कुरा थाहा छैन तर एउटा नागरिकको हिसावले सवैले कानुनको पालना गर्नुपर्छ । आयोगका सदस्यहरु सोधबुझका लागि ओली निवास आए चिया खुवाएर पठाउँंला भन्ने प्रश्नमा उनले यस्तो परिपाटी नभएको बरु सवैजना आयोगमा आएसँंगै ओली पनि आउनुपर्ने बताए । नआए के गर्नुहुन्छ नि ? भन्ने थप प्रश्नमा उनले भने, हामी सरकारलाई जानकारी गराउँंछौ, त्यसपछि सरकारले हामीलाई सहयोग गर्नुपर्ने हुन्छ । फरक प्रश्नमा नेपाल लिड अनलाइनसँंग उनले छानविन तलदेखि गर्नुपर्ने भएकाले तलदेखि सकेको र अव उच्च तहका तत्कालिन प्रधानमन्त्री, गृहमन्त्री गरी दुई तीनजना मात्रै बाँंकी रहेको पनि जानकारी गराए ।
