फागुन २१ गतेको निर्वाचनले देशमा नयाँ दलहरूको सरकार आउनुपर्ने
पुष ८, २०८२, मङ्गलबार | राति ०८:५४ बजे | 140
रामेछाप । मन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेको निर्वाचनले देशमा नयाँ दलहरूको सरकार आउनु पर्ने तर्क गरेका छन् । २१ फागुनको निर्वाचनको विकल्प नरहेको उल्लेख गर्दै मन्त्री घिसिङले भने ‘चुनाव हुनै पर्छ, देशको स्थिरताको लागि चुनाव अनिवार्य छ ।.....र चुनावबाट नयाँ नेतृत्व आउनु पर्छ, अनि मात्रै यो निर्वाचनको औचित्य रहन्छ । यदि यो निर्वाचनबाट पनि पुरानै दलहरू नेतृत्वमा आउने हो भने त्यसको के अर्थ’, आफूले मात्रै चुनाव जित्नु ठुलो कुरा नरहेको बताएका मन्त्री घिसिङले थपे ‘देशभरबाट उज्यालो नेपाल पार्टीका नेताहरूले चुनाव जितेर बहुमत, दुई तिहाइ भयो भने देश विकास गर्न सकिन्छ ।’
आगामी निर्वाचनबाट पनि पुरानै दलहरू (नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्प्युनिष्ट) पार्टीहरूका नेताले चुनाव जितेर सरकारको नेतृत्वमा पुगेमा जेन्जी विद्रोहले निर्माण गरेको पछिल्लो सिर्जित परिस्थितिको औचित्य नहुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री घिसिङको भनाई छ । चुनाव पछि बन्ने सरकार अहिले निकै महत्त्वपूर्ण रहेको उनको तर्क छ ।
