ओलीसँंग चुनाव लडने तयारीमा बालेन


पुष ८, २०८२, मङ्गलबार | राति ०८:१२ बजे | 290


ओलीसँंग चुनाव लडने तयारीमा बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा केपी ओलीसँंग चुनाव लड्ने चाहेको बताइएको छ । सेतापाटी अनलाइनमा मंगलबार लेखिएको समाचार अनुसार बोलनले केपी ओलीलाई नहराइकन च चाुवन जितेको मज्जा नै हुँंदैन भनेर भनेका छन् । 
बाँंकी सेतोपाटीबाट जस्तोका तस्तै  
बालेन आफै भने झापा गएर केपी ओलीविरूद्ध चुनावमा खडा हुन चाहेको उनी निकट एक नेताले बताए । केपी ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट नहराइकन चुनाव जितेको मज्जा नहुने कुरा बालेनले आफ्ना निकटहरूलाई बताउने गरेका छन् ।
’बालेन दाइ ओलीलाई नहराइकन त चुनाव जितेको मज्जा हुँदैन भन्नुहुन्छ,’ बालेनसँग निकट सम्पर्कमा रहेका ती नेताले भने, ’उहाँको चाहना ओलीलाई नै हराउने हो।’
बालेन शाहको घर काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ स्थित सिनामंगलमा छ। तर उनी कुन ठाउँमा चुनाव लड्छन् वा चुनाव नै लड्दैनन् भन्ने खुलेको छैन। उनी दोधारमा रहेको ती नेताको भनाइ छ।
’कहिले दाइ चुनाव लड्छु भन्नुहुन्छ त कहिले महानगरको कार्यकाल पूरा गर्छु भन्नुहुन्छ,’ ती नेताले भने, ’तर अहिले देशका लागि योगदान गर्नुपर्छ भन्ने वरिपरिका साथीभाइको आग्रह स्वीकार गरेजस्तो लाग्छ।’
रास्वपा नेताहरूका अनुसार पार्टी र सरकारमा कसरी मिलेर काम गर्ने र चुनावी मोर्चामा कसरी सहकार्य गर्ने भन्ने विषयमा पनि अब छलफल हुनेछ।
बालेनसँगको भेटबारे मंगलबार रवि लामिछानेले चितवनमा छोटो प्रतिक्रिया पनि दिएका छन्।
’बालेनलाई प्रधानमन्त्रीका रूपमा उम्मेदवार बनाउने गरी सहमति भएको हो र?’ भनेर पत्रकारले लामिछानेलाई प्रश्न गरेका थिए।
जबाफमा लामिछानेले भने, ’हामी त्यो चरणमा प्रवेश गरेका छैनौं।’
लामिछानेले एकअर्कालाई बुझ्ने काम भइरहेको बताएका छन्।
’पहिला त थाहा हुनुप¥यो। कुराकानी हुनुप¥यो। के कस्तो छ, कहाँ छ, बुझ्नुप¥यो। एकअर्कासँग परिस्थितिबारे जानकारी लिनुप¥यो,’ लामिछानले भने, ’तपाईंहरू हतार नगर्नुस्। बिस्तारै राजनीतिक चरणमा प्रवेश गर्छौं।’
 

Comments