शुभकामना आदान प्रदान एवं दीपावली कार्यक्रम सम्पन्न
पुष ७, २०८२, सोमबार | राति ०८:४३ बजे | 130
युवा बौद्ध पुचःभक्तपुर को ३९ औं स्थापना दिवस दीपंकर प्रशन्नशील महाविहार,क्वाथण्डौ भक्तपुरमा शुभकामना आदान प्रदान एवं दीपावली कार्यक्रम सम्पन्न भयो । दीपावली कार्यक्रम दीपंकर बुद्धको मूर्ति अगाडी संस्थापक अध्यक्ष र बर्तमान संयुक्तरूपले देवा बाली दीपावली शुरू गर्नु भएको थियोे । कार्यक्रममा संस्थापक अध्यक्ष बशन्तरत्न बज्राचार्यले संस्थाले पहिले धेरै कार्यक्रमहरू गरिसकेको र कार्यक्रमलाई निरन्तरता दिनुपर्ने विचार सहित शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा सचिब तुल्सीकाजी मानन्धर, किशोर बज्राचार्य, प्रताप मानन्धर, अर्जुन प्रजापति, अष्टलाल मानन्धर, ज्ञानबहादुर मानन्धर र रामप्रसाद कोजुहरूले शुभकामना साथै युवा बौद्ध पुचः भक्तपुरलाई अगाडि बडाउनु पर्ने र युवाहरू सामिल गराई पुस्तान्तरण गर्नु पर्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रम युवा बौद्ध पुचःभक्तपुरका उपाध्यक्षले स्वागत साथै अध्यक्ष रत्नसुन्दर शाक्यले शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।
