पत्रकार महिलाका लागि संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ तालिम शुरु


पुष ६, २०८२, आइतबार | साँझ ०६:५४ बजे | 490


पत्रकार महिलाका लागि संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ तालिम शुरु

पत्रकार महिलाका लागि संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ तालिम आइतबारदेखि काठमाडौमा शुरु भएको छ । युएनडिपीको सहकार्यमा क्रियाशील महिला पत्रकारहरूको संस्था डब्लु डब्लुजे (WWJ)ले संसदीय पत्रकारिता सम्बन्धी तीन दिने तालिम शुरु गरेको हो । डब्लु डब्लुजेका केन्द्रीय अध्यक्ष रामकला खड्काले सन् २००६ देखि पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्दै नेतृत्व तहसम्म पुर्याउने उद्देश्यका साथ डब्लु डब्लुजेले विभिन्न तालिमहरु प्रदान गर्दै आएको जानकारी दिनुभयो । अध्यक्ष खड्काले अबका दिनमा संसदीय व्यवस्था, प्रक्रिया, प्रणालीका साथै यहाँ हुने अनियमितता, बजेट दुरुपयोग, विकास आयोजना पर्ने प्रभाव, सांसदहरुलाइ प्रलोभनमा पारेर कानुन निर्माणमा दबाव दिने लगायत संसदका भित्री कुराहरुलाइ खोजमूलक समाचार सङ्कलन गरि नागरिकहरु माझ सुसूचित गर्न यो तालिम सहयोगी हुने उल्लेख गर्नुभयो । तालिममा संसदीय रिपोर्टिङमा लामो अनुभव भएका शिव गाउँले, राजेन्द्र फुयाँल, डा. जगत नेपाल, नम्रता शर्मा र नरेन्द्र साउद स्रोत व्यक्तिका रुपमा रहनुभएको छ । पुस ६ देखि ८ गतेसम्म संचालन हुने तालिममा खोज पत्रकारिताको नैतिक मापदण्ड, संसद सचिवालयका मुख्य जिम्मेवारीहरु, संसदको संरचना, प्रक्रिया, संसदीय पत्रकारिताका अभ्यासहरुका बारेमा प्रशिक्षण दिइनेछ । त्यसैगरी पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् अधिवक्ता रेखा शर्माले पनि संसदमा लैङ्गिक मुद्दाको उठानमा सञ्चारमाध्यमको भुमिका, दलगत ह्विप र सांसदको स्वतन्त्रता, लगायतका विषयमा अनुभवसहितका प्रस्तुति रहेका छन् । तालिममा संसदको रिपोर्टिङ गर्दै आएका नयाँ तथा पुराना गरि ३० जना पत्रकार महिलाहरुको सहभागीता रहेको डब्लु डब्लुजेकी सचिव रुक्मिणी पोखरेलले जानकारी दिनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

पत्रकार महिलाका लागि संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ तालिम शुरु
पत्रकार महिलाका लागि संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ तालिम शुरु

Comments