बोझिनी ड्यामबाट रास्वपा प्रवेश गर्नेहरुको लर्काे लागेपछि...


पुष ५, २०८२, शनिबार | राति ०९:१९ बजे | 605


बोझिनी ड्यामबाट रास्वपा प्रवेश गर्नेहरुको लर्काे लागेपछि...

सुडाल । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल बोझिनी ड्यामबाट तीन सय ११ जना स्थानीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । रास्वपा चाँगुनारायण नगरपालिका–८ वडा समितिको आयोजनामा शनिबार विहान सम्पन्न भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा पार्टीको नीति, सिद्धान्त र राजनीतिक उद्देश्यबारे जानकारी गराउँदै नवप्रवेशीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको थियो ।
रास्वपा चाँगुनारायण नगरपालिका–८ वडा समितिका सभापति नवीन कार्कीले जनताको विश्वास र सहभागिताले नै राजनीतिक परिवर्तन सम्भव हुने बताउँदै भ्रष्टाचारविरुद्धको लडाइँलाई स्थानीय तहबाटै सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमले चाँगुनारायण क्षेत्रमा रास्वपाको संगठन विस्तार र राजनीतिक सक्रियता थप सुदृढ बनाएको बताइएको छ । कार्यक्रम पार्टीका केन्द्रिय सहप्रवक्ता एवं केन्द्रिय सदस्य रमेश प्रसाईको प्रमुख आतिथ्यतामा भएको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

बोझिनी ड्यामबाट रास्वपा प्रवेश गर्नेहरुको लर्काे लागेपछि...

Comments