जिल्ला बचत संघमा निर्वाचित लघु सम्मानित
पुष ४, २०८२, शुक्रबार | साँझ ०४:३८ बजे | 125
भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा बक्सिङका समुहका सदश्य राजकुमार लघु भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २०८२ कार्तिक २९ गते भक्तपुरमा सम्पन्न संघको २१औ गरिमामय वार्षिक साधारणसभाबाट संचालक समिति सदश्यमा निर्बिरोध निर्वाचित भएकोमा बज्र गेस्ट हाउस बालाखु भक्तपुरमा एक कार्यक्रमका साथ सम्मान तथा बधाई कार्यक्रम गरियो |
कार्यक्रम नेपाल बक्सिङ संघका को को कोषध्यक्ष गौतम सुजखुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो | कार्यक्रममा प्रमुख अतिथि सुजखुले खेलाडी मित्रहरू बिच सिक्ने र सिकाउने बिच स्वस्थ प्रतिस्पर्धा आबश्यक छ | युवाहरु खेलकुदमा लागे अनुशासित र स्वस्थ्य हुन्छ भन्दै जिल्ला संघमा निर्वाचित राजकुमार लघुलाई बधाई तथा शुभकामना दिनुभयो |
कार्यक्रममा सम्मानित हुन भएका भक्तपुर जिल्ला बचत संघका नव निर्वाचित संचालक सदश्य राजकुमार लघुले जिल्ला बचत संघ समुदाय आधारित सहकारीको छाता संगठन हो र देशकै उत्कृष्ट संघको रुपमा गत बर्ष पुरस्कृत भएको चर्चा गर्दै जिल्ला संघको तरलता गणना गराउन पुष २ गते सहकारी महासंघमा गोष्ठी आयोजना गरेको र भक्तपुरले तर्क र प्रमाण सहित संघको आबश्यक्ता किन कसरी भन्नी राम्रो प्रस्तुती गरेको बताउनु भयो | भक्तपुर जिल्ला बक्सिङ संघका उपाध्यक्ष राजन कुम्पाखले निर्वाचित सहकारीकर्मी राजकुमार लघुलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो | कार्यक्रममा जिल्ला बक्सिङ संघका लक्ष्मी प्रसाद चवालले पनि शुभकामना मन्तव्य दिनुभयो |
