फाल्गुन २१ को निर्वाचन बिषयक छलफल
पुष ३, २०८२, बिहीबार | साँझ ०६:२७ बजे | 55
नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङज्युले पार्टी सभापती शेर बहादुर देउवाज्युसित महाराजगन्ज स्थित निवासमा भेट गर्नुभयो । भेटमा मुलुकको बर्तमान राजनितिक परिष्थिती, पार्टिको १५ औ नियमित महाधिवेशन एवं फाल्गुन २१ को निर्वाचन बिषयक केन्द्रित छलफल भएको छ । भेटमा सरकारले फाल्गुन २१ मै चुनाव गराउने बातावरण निर्माण नगरेको कुरामा पार्टी सभापती शेर बहादुर देउवाले चिन्ता व्यक्त गर्नुभयो ।उहाले समयमै निर्वाचन सम्पन्न हुनुपर्ने कुरा व्यक्त गर्दै तरुण दल अध्यक्ष गुरुङलाई आगामी चुनावमा युवाहरु अघि बढ्नुपर्ने कुरा बताउनुभयो ।
.jpg)