विद्यार्थीको चाप नगरकोटको सडकलाई मात्र नपर्ने गरी हनुमन्त्ते र खासांखुसुं खोलाको दायांबायां वैकल्पिक सडक निर्माण गर्न सके दुघर्टना न्युनीकरण हुने
पुष २, २०८२, बुधबार | राति ०७:०५ बजे | 170
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको ७६ औं स्थापना दिवसको अवसरमा नगरपालिकाको आयोजनामा मंसिर २० गते सम्पन्न योमारी प्रतियोगिताका विजयीहरुलाई पुरस्कार र सहभागीहरुलाई प्रमाण—पत्र वितरण तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन कार्यक्रम भव्य समारोहबीच सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवालले नगरपालिका स्थापना दिवसको अवसरमा शुभकामना गर्दै भक्तपुर नगरपालिकाले नगर र नगरबासीहरुको सेवामा समर्पित हुंदै काम गर्दै आएको बताउनुभयो ।
विद्यार्थीको चाप नगरकोटको सडकलाई मात्र नपर्ने गरी हनुमन्त्ते र खासांखुसुं खोलाको दायांबायां वैकल्पिक सडक निर्माण गर्न सके दुघर्टना न्युनीकरण हुने बताउनुभयो ।
उहांले संस्कृति भनेको मानिसको बोली, व्यवहार, भाषा, संस्कृति सबै पर्ने बताउंदै योमारी पनि संस्कृति विकासकै एउटा सिलसिला भएको बताउनुभयो ।
रुस र नेपालको विकासमा ५०० गुणा फरक भएको बताउंदै उहांले विकसित देशहरुबाट पनि सिकेर नेपालले विकासको गतिलाई द्रुत बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सचिव सुवालले भक्तपुरको सरसफाइलाई अझ परिस्कृत ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउंदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सके मात्र स्थानीय तह बलियो हुने बताउनुभयो ।
कर्मचारीहरुले आफ्नो पद र दक्षता अनुसार काम गर्न प्रेरित गर्दै उहांले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न भक्तपुर नपाको नीति तथा कार्यक्रमलाई सशक्त ढंगले कार्यान्वयन गर्नतर्फ जनप्रतिनिधि र कर्मचारीहरु अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २००६ साल असार २४ गते भक्तपुर म्युनिसिपालिटीको रुपमा स्थापना भएको भक्तपुर नगरपालिका स्थापनाकालदेखि आजसम्म विभिन्न कालखण्डमा नगरपालिकामा जनप्रतिनिधिहरुको रुपमा निर्वाचित भएर सेवा गर्नुभएका, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भक्तपुरको विकासमा योगदान गर्नुभएका सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।
भक्तपुर नगरपालिकाले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर विभिन्न ऐन—काननहरु निर्माण गर्दै सबै क्षेत्रमा विकास निर्माणलाई अगाडि बढाउँदै आएको बताउँदै उहाँले भनपाले निर्वाचनमा जनताबीच घोषणामार्फत गरेका प्रतिबद्धताहरु पुरा गर्न शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माण, सीपमूलक तालिमहरु दिएर भनपाले जनभावनाअनुसार कार्य गर्दै आएको छ भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छे(रोहित)ले २५।२६ वर्षअघि देख्नुभएको सपनाअनुसार भक्तपुर एक घर एक स्नातक, पारदर्शी, भ्रष्टाचारमुक्त, स्मारक संरक्षित, कला संस्कृति जोगिएको र आफ्नो छुट्टै पहिचान बोकेको नमुना नगरको रुपमा विकास हुँदैछ ।
सांस्कृतिक नगर भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरुलाई जीवन्त राख्न भनपाले निरन्तर जोड दिँदै आएको बताउँदै उहाँले विदेशीको सहयोगमा होइन आफ्नै पौरखले हाम्रा सम्पदा उठाउनुपर्छ भन्ने भावनाले नगरपालिकाले जनतासँग मिलेर श्रमदान, आर्थिक सहयोग लिएर सम्पदाहरुको पुननिर्माण र जीर्णोद्धार गर्दै आएको बताउनुभयो ।
बागमती प्रदेशका प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाले यहांका संस्कृतिहरुको संरक्ष्ँण र प्रवद्र्धनमा जनतालाई उत्साहित गर्दै आएको बताउंदै नगर निर्माण र दिगो विकासको निम्ति संगठित शक्ति र विचार आवश्यक भएको बताउनुभयो ।
उहांले प्रजग कोरियाले छोटो समयमा संसारलाई आश्चर्यचकित हुने ढंगले विकास गरेको बताउंदै प्रजग कोरियाको प्योङयाङ सहर भक्तपुर जस्तै कला कृति र कलाकारहरु धेरै भएको सहर भएको बताउनुभयो ।
भक्तपुरका पुराना कला र संस्कृतिलाई विज्ञान, प्रविधि र आधुनिकतासँग जोडेर लान सके नयाँ युगको सेवा हुने बताउँदै उहाँले जनताको सांस्कृतिक र नागरिक भावना जोगाउनु आवश्यक छ भन्नुभयो ।
भक्तपुरको नेवार सभ्यता केबल सांस्कृतिक समुदायमा सीमित नरहेको बताउँदै यहाँका जनता राजनीतिक रुपमा सचेत र संगठित भएकै कारण यसको छुट्टै पहिचान कायम भएको हो भन्नुभयो ।
भक्तपुरका पुस्तकालयहरु स्तरोन्नतिसँगै यहाँका नागरिकहरुको बौद्धिक र सांस्कृतिक स्तर पनि माथि उठ्दै जाने बताउँदै उहाँले भक्तपुर देशकै लागि रोल मोडलको रुपमा अगाडि बढिरहेको छ भन्नुभयो ।
स्वागत मन्तव्य व्यक्त गर्दै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाका विविध गतिविधि र कार्यक्रमहरुले गर्दा देशकै उदाहरणीय नगरको रुपमा स्थापित हुन सफल भएको बताउंदै भक्तपुरका मूर्त र अमूर्त सम्पदा संरक्ष्ँण गरी पर्यटन उद्योगसंग जोडी विभिन्न कार्यक्रमहरु अगाडि बढाउंदै आएको बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भक्तपुरको संस्कृति संरक्षण र प्रवद्र्धनमा नगरपालिकाकाले खेल्दै आएको भूमिका प्रशंसनीय छ भन्दै यस्ता गतिविधिलाई निरन्तरता दिंदै जानुपर्ने बताउनुभयो ।
नेपाल कर्मचारी एशोसिएसन ईकाई समिति भक्तपुरका अध्यक्ष्ँ गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुको समन्वय र समभावमा काम गरेकै कारण देशको उदाहरणीय बन्न सफल भएको बताउंदै सरकारले स्थानीय तहका कर्मचारीहरुलाई दोस्रो दर्जाको कर्मचारीहरुको रुपमा हेर्न नहुने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले योमारी प्रतियोगिताका सहभागीहरुलाई प्रमाण पत्र र विजयीहरुलाई पुरस्कार तथा मायाको चिनो वितरण गर्नुभएको थियो । साथै प्रमुख प्रजापतिले निर्णायकहरुलाई धन्यवाद पत्र र मायाको चिनो वितरण, प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले योमारी उत्सवमा सहभागी सा“स्कृतिक समूहहरुलाई धन्यवाद पत्र र माया चिनो र उपप्रमुख जोशीले सहयोगी संघ—संस्थाहरुलाई धन्यवाद पत्र र मायाको चिनो वितरण गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो भने भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रममा योमारी निर्माण र प्रतियोगितासम्बन्धी लघु वृत्तचित्र प्रदर्शनी गरिएको थियो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको योमरी प्रतियोगितामा ६२ वटा समूहले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा भनपा वडा नं. ८ को छिकोङ समूह प्रथम, भनपा वडा नं. ९ को विश्वकर्मा भैल प्याखँ खलः तौलाछें दोस्रो, भनपा ८ को ख्वप्रिङ एकेडेमी तेस्रो, भनपा ६ को भादगाउँ दिदी बहिनी समूह र भनपा ४ को सुरक्ष्ँित बचत तथा ऋण सहकारी संस्था लि. सान्त्वना स्थान हासिल गरेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
