एमाले महाधिवेशनः काँक्राबारी प्लटिंगका सञ्चालक पनि उम्मेदबार
पुष २, २०८२, बुधबार | दिउँसो ०१:१९ बजे | 1085
भक्तपुर । नेकपा एमालेको ११ औं राष्टिय महाधिवेशनको केन्द्रिय कमिटीमा भक्तपुरबाट ११ जना उम्मेदबारहरु चुनावी मैदानमा छन् । तीमध्ये महेश वस्नेत केन्द्रिय सचिव पदमा उम्मेदबार छन् ।
सोम मिश्र, निर्मलकुमार भटराई, राजेन्द्र राजथला, नवराज गेलाल, सरस्वती बाटी, शकुन्तला श्रेष्ठ गरी ६ जना केन्द्रिय सदस्यका उम्मेदबार छन् । साथै गोविन्दप्रसाद दुलाल र विणा बास्तोला दुई जना अनुशासन आयोग सदस्यका उम्मेदबार छन् । साथै रामबहादुर श्रेष्ठ र डिल्लीध्वज बराइली लेखा आयोग सदस्यका उम्मेदबार छन् । तीमध्ये बराइली भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेलको चर्चित काँक्राबारी प्लटिंग सञ्चालक हुन् । बन अतिक्रम गरी प्लटिंग गरेको भन्दै उक्त प्लानिंग कारबाहीमा परेको थियो । एकैठाउँंमा कमिला जत्रा दर्जनौ डोजर चलाएको भिडियोले उक्त प्लटिंग भाइरल बनेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
