एमाले महाधिवेशन, राति हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित


पुष १, २०८२, मङ्गलबार | राति ०८:३३ बजे | 150


एमाले महाधिवेशन, राति हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित

नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत आज मंगलबार राति हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ। पटक–पटक समय सर्दै राति ८ बजेका लागि तय गरिएको मतदान अन्ततः भोलि (बुधबार) बहिन ८ बजेका लागि सारिएको हो।

मतदान गर्नका लागि लामो समयदेखि लाइनमा बसिसकेका महाधिवेशन प्रतिनिधिहरूलाई विशेष सूचना जारी गर्नुपर्ने भन्दै निर्वाचन समितिले लाइन छाडेर हलभित्र आउन आग्रह गरेको थियो। 

प्रतिनिधिहरूलाई हलमा बोलाएर नेता शंकर पोखरेलले प्राविधिक कारणले गर्दा भालि बिहान ८ बजेदेखि मात्र मतदान हुने जानकारी दिएका हुन्।

मतदान स्थगित हुनुअघि मञ्चमा अध्यक्षका दुई मुख्य प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलबीच सौहार्दपूर्ण वातावरणमा लामो भलाकुसारी भएको थियो।

यसअघि दिउँसो २ बजेदेखि सुरु हुने भनिएको मतदान साँझ ७ बजे र त्यसपछि ८ बजेका लागि सारिएको थियो।

खानासमेत नखाई भोकभोकै लाइनमा बसेका प्रतिनिधिहरूलाई आज मतदान नहुने संकेत मिलेपछि हलभित्र बोलाइएको हो।

अब मतदान प्रक्रिया भोलि बिहानबाट सुरु गरिने तयारी छ। मतदान  भृकुटीमण्डपमै हुनेछ।

Comments