किन आए राजनीतिक विश्लेषक भरत दाहाल भक्तपुर ?


पुष १, २०८२, मङ्गलबार | दिउँसो १२:३९ बजे | 565


किन आए राजनीतिक विश्लेषक भरत दाहाल भक्तपुर ?

भक्तपुर । राजनीतिक विश्लेषक भरत दाहाल मंगलबार भक्तपुर पुगेका छन् । उनले यहाँं आएर भ्रष्टाचार विरोधी अभियन्ताहरुसँंग भेटघाट गरेका छन् । 
टोलीसहित आएको उनको टोलीले भ्रष्टाचार विरोधी भक्तपुरका अभियन्ताको अभियानमा आफूहरुको साथ, सहयोग, समर्थन रहने स्पष्ट पारे । साथै अभियानलाई सफल बनाउन आफूहरु पनि एक्यताबद्ध भएर अगाडि जान तयार रहेको बताए । 
भेटघाटमा संलग्न भक्तपुरका भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज लामाले विशेष गरी जिल्लाका भूमाफीयाहरुकाविरुद्ध कसरी अगाडि वढ्ने भन्ने विषयमा विशेष छलफल भएको बताए ।
राजनीतिक विश्लेषक भरत दाहाल त्रिमुल पार्टीका अध्यक्षसमेत हुन् ।
 

Comments