महिलाहरु अनलाइन हिंशाको शिकार


पुष १, २०८२, मङ्गलबार | दिउँसो १२:१२ बजे | 170


महिलाहरु अनलाइन हिंशाको शिकार

भक्तपुर । वरिष्ठ अधिवक्ता डा. शशी अधिकारीले विश्वमा ५८ प्रतिशत भन्दा बढी महिलाहरु अनलाइन हिंसाको शिकार भएको जानकारी गराएकी छिन् । अधिवक्ता अधिकारीले मङलबार भक्तपुरमा आयोजना गरिएको निजी सेक्टर, पत्रकार तथा नागरिक समाजसंग कार्यशाला गोष्ठीमा यस्तो तथ्यांक सुनाएकी हुन् ।
उनले भनिन्, “विश्वकै तथ्यांक हेर्दा ५८ प्रतिशत भन्दा बढी महिलाहरु अनलाइन हिंशाको शिकार भएका छन् । ९० देखि ९५ प्रतिशत सफेद झुट महिलाका यौन तस्विरहरु÷भिडियोहरुको प्रचार गर्ने गरेको पाइन्छ । ४ मध्ये १ महिला पत्रकारलाई ज्यान मार्ने धम्की अनलाइन मार्फत दिने तथ्यांक छ । ३ मध्ये १ महिला सांसदलाई अनलाइन मार्फत ज्यान मार्ने धम्की दिएको पाईयो ।”
नेपाल साईबर व्यूराको अनुसार झण्डै ४५ प्रतिशत महिला र बालिकाहरुमाथि चरित्र हत्या गर्नका लागि झुट्टा समाचारहरु सामाजिक संजालहरुमा राख्ने गरेको पाइएको उनले बताइन् । उनका अनुसार यस वर्ष मात्र नेपाल प्रहरीको तथ्याङमा जवर्जस्ती करणीमा दुई हजार दुई सय ५३ मुद्दा र बालयौन दुव्यवहारको तीन सय ५५ मुद्दा दर्ता भएको छ ।
 

फाेटाेमा हेर्नुहाेस्...

महिलाहरु अनलाइन हिंशाको शिकार

Comments