उज्यालो नेपाल पार्टी काभ्रेपलाञ्चोकमा क्षितिज लामा
मंसिर २९, २०८२, सोमबार | राति ०८:५२ बजे | 430
बनेपा
उज्यालो नेपाल पार्टीले काभ्रेपलाञ्चोक जिल्लास्तरीय समिति गठन गरेको छ । पार्टीका नेता एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले उद्घाटन गरेको जिल्ला भेलाले चौरीदेउरालीका क्षितिज लामाको संयोकत्वमा समिति गठन गरेको हो ।
समितिमा विनोद तामाङ नमोबुद्ध, आसमान तामाङ पाँचखाल, सुनिता दोङ तेमाल, प्रमेश लामा पाँचखाल, सञ्जय तामाङ पाँचखाल, भुवनबहादुुर थापा बनेपा, टेकबहादुर रायमाझी तेमाल, सफल तामाङ पनौती, विनोद तामाङ नमोबुद्ध, रवि घिसिङ रोशी, सुरज दाहाल बनेपा, युवराज खरेल पाँचखाल, गंगा रायमाझी श्रेष्ठ बनेपा, आवास तिमल्सिना बनेपाका साथै दिवस बजगाई, बुद्धिमान तामाङ छन् ।
भेलाबाट युवा संयोजकमा निशान्त रत्न बस्ताकोटी, सह–संयोजकमा अविरल लामा र धुलिखेल संयोकमा जीवनकाजी माकजू चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले जेन जीका माग सम्बोधन गर्न नसके वर्तमान सरकारको औचित्य प्रश्न उठ्ने बताएका थिए । सरकारसँग सम्झौता भएकोले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता प्राप्त भइसकेको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु जिताराम लामा, ज्योत्सना सैंजु, शंकर ढकाल, ज्ञानेन्द्र तामाङ, सुमि लामा लगायतको सहभागिता थियो ।
फाेटाेमा हेर्नुहाेस्...
