शब्दयात्रा प्रकाशनको विद्वतवृध्दि तथा छात्रवृत्ति समर्पण समारोह सम्पन्न 


मंसिर २९, २०८२, सोमबार | दिउँसो १२:०५ बजे | 265


शब्दयात्रा प्रकाशनको विद्वतवृध्दि तथा छात्रवृत्ति समर्पण समारोह सम्पन्न 

प्रताप राना
धुलिखेल । भक्तपुर मंसिर २७ गते सनिवारका दिन शब्द यात्रा प्रकाशनको सभाकक्ष बनेपामा विभिन्न विद्तवर्ग,विद्यार्थी,समाजसेवी,पत्रकार ,समाजसेवी ,कवि तथा साहित्यकार हरूको गरिमामय सहभागीमा एक भब्य र सब्य समारोहबीच पुस्तक विमोचन,पुरस्कार तथा संमान कार्यक्रम संपन्न भएको छ। कार्यक्रममा शब्द यात्रा डण्डपाणी–मान कुमारी धिताल लघुकथा पुरस्कार २०८२ लता केसीलाई प्रदान गरिएको छ,त्यस्तै दामोदर घिमिरे ,प्रकाश बहादुर कायस्थ ,मुरहरि रायमाझी ,शारदा घिमिरे भैल र दण्ड पाणि अधिकारीलाई अनुसन्धाता विद्तवृति–२०८२ पुरस्कारबाट संमानित भएका छन,छात्राहरू प्रभा अधिकारी ,रोजिना बमजन, र सबिना योञ्जनलाई छात्रवृत्ति २०८२ प्रदान गरिएको छ,पत्रकारहरू तुलसी गिरी,कृष्ण किसि,र शुभ राज  अधिकारीलाई कदरपत्रसहित संमानित गरिएको छ,त्यसैगरी लोकमान मास्केसंग लिखत संझोता आदानप्रदान गरिएको छ, कृति विमोचनतर्फ –भु स्वर्गको सुवास नामक पुस्तक कृतिकार डाक्टर इन्दुल केसी र भागवत एक परिचय नामक पुस्तक कृतिकार केदारनाथ तिमिल्सिनाको पुस्तकहरू लोकार्पण भएको छ,साहित्यकार मुरहरि रायमाझीले उपजाति छन्दमा साहित्यकार डा इन्दुल केसिको कृतिबारे समिक्षात्मक भावमा वाचन गर्नु भएको थियो,मलाई माया गर्छाे भने गद्यशैलिको (छोरा,आमा,बुबाले गायको)नौलो गीत ओपचारिकरूपमा सार्वजनिक गरिएको थियो।

Comments

ताजा खबर