उज्यालो नेपाल पार्टीको भक्तपुरमा बन्यो संगठनः को हुन् संयोजक घिमिरे ?
मंसिर २८, २०८२, आइतबार | साँझ ०५:४१ बजे | 280
भक्तपुर । उज्यालो नेपाल पार्टी भक्तपुर जिल्लामा संगठन गठन गरेको छ । संयोजकमा दुर्गा बहादुर घिमिरे चुनिएका छन् । पार्टीको भक्तपुर भेलाले घिमिरे संयोजक र पाँंच जना सहसंयोजक तोकेको हो । चार जना सहसंयोजकहरुमा छन्दविज्ञान निरौला, नयन बास्तोला, कृष्ण खड्का, रमेश वल्ल, सन्तोषी चालिसे रहेका छन् । साथै जिल्लाका चार वटा नगरपालिकाहरुमा चार जना सम्पर्क व्यक्ति पनि तोकिएका छन् । त्यसमा भक्तपुर नगरपालिकामा राजेन्द्र कासुला, मध्यपुर थिमिमा यादवप्रसाद घिमिरे, सूर्यविनायकमा शान्तबहादुर तामांग र चाँंगुनारायणमा अर्जुनप्रसाद नेपाल चुनिएका छन् । जिल्ला कार्यसमिति र नगर कार्यसमिति छिटै विस्तार गरी जनतामा जाने योजना रहेको संयोजक घिमिरेले जनाए ।
घिमिरे जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ६ सूर्यविनायक निवासी हुन् । उनी कम्युनिष्ट व्याकराउण्डका हुन् । २०३६ सालदेखि नै विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका उनी कम्युनिष्ट राजनीतिमा वढी जमिए । तत्कालिन जनमोर्चा नेपाल, एमाले, एकीकृत समाजवादी हुँंदै उनी उज्यालो नेपाल पार्टी भक्तपुरको संयोजक भएका हुन् । पछिल्लो समय उनी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एस बागमती प्रदेश कमिटी सचिवालका सदस्य हुन् ।
उनी कुलमान घिसिगको गृह जिल्ला रामेछापका हुन् । साथै उनी रामेछापमा कुलमानका छिमेकसमेत हुन् । उनी हाल भने भक्तपुरमै घरबार गरी मतदाता समेत भक्तपुरका भएका छन् ।
पेशाले उनी व्यवसायी हुन् । उनी काठ व्यवसायमा संलग्न छन् ।
फाेटाेमा हेर्नुहाेस्...
