एमाले महाधिवेशनः सल्लाघारी चौरलाई पैसा तिरेको हो ?
मंसिर २७, २०८२, शनिबार | विहान ०८:५४ बजे | 270
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित १०८ रोपनी क्षेत्र नेपाल टष्टको जग्गा हो । भक्तपुर नगरपालिका क्षेत्रभित्र परेकोले यस क्षेत्रलाई नगरपालिकाले चारैतिर पर्खाल लगाई सुरक्षित गरेको छ । नेपाल टष्टको जग्गा भएकाले त्यो ठाउँंको उपयोग गर्दा भाडाबापत पैसा तिर्नुपर्छ । मेला महोत्सव होस् वा अन्य मोटरसाइकलहरु कम्पनीहरुको कार्यक्रम गर्दा त्यहाँं भाडावापत पैसा तिर्नुपर्छ ।
यही विषयमा अहिले नेकपा एमालेको ११ औं राष्टिय महाधिवेशन आज शनिबार हुँंदैछ । धेरैले सामाजिक सञ्जाल फेसबुकमार्फत् त्यहाँं देशकै ठूलो पार्टीले कार्यक्रम गर्दा पैसा तिरेको छ कि छैन भन्ने जिज्ञासा राखेका छन् ।
भक्तपुर नगरपालिकाका एकजना वडा अध्यक्षका अनुसार एमालले जग्गा प्रयोग गरेबापत पैसा तिरेको छ । ती वडा अध्यक्षका अनुसार उसले नगरपालिकालाई ७५ हजार रुपैयाँं तिरको छ । पार्टीले पाकिगका लागि भनेर ७५ हजार रुपैयाँं तिरको छ, ती वडा अध्यक्षले भने, पार्किगको लागि भनेर पैसा तिरेर अहिले कार्यक्रम नै त्यही गर्दैछन् ।
यसअघि अधिवेशन त्यहांँ गर्ने निर्णय थिएन । पछि त्यहाँं राखिएको हो ।
उक्त जग्गा प्रयोग गरेबापत नेपाल टष्टलाई पनि पैसा तिर्नुपर्छ । तर त्यहाँं पैसा तिरको हो होइन, एकिन भएन । त्यता पनि तिरेको हुनुपर्छ, ती वडा अध्यक्षले भने ।
