आज उज्यालो नेपाल पार्टीको भक्तपुर भेलाः जिल्ला र चार नगरपालिकाको नगर संयोजक तोकिने
मंसिर २७, २०८२, शनिबार | विहान ०७:२४ बजे | 190
भक्तपुर । उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्लास्तरीय भेला शनिबार दिउँसो जिल्लाको सूर्यविनायकमा हुने भएको छ । सूर्यविनायकस्थित अजिमा पार्टी प्यालेस बाराहीस्थानमा हुने भेलामा पार्टी केन्द्रिय अध्यक्ष अनुप उपाध्यक्ष प्रमुख अतिथि रहेको जनाइएको छ । मन्त्री कुलमान घिसिंग पोखरामा रहेकाले उनी आउन नसक्ने जनाइएको छ ।
भेलाले जिल्ला संयोजक तोक्ने बताइएको छ । साथै जिल्लाका चारवटै नगरपालिकामा संयोजक तोक्ने पनि बताइएको छ । भेलाबाटै फ्लोर ओपन गरी संयोजक तोक्ने बताइएको छ ।
बताइए अनुसार हालसम्म जिल्लामा हालसम्म संयोजन दुर्गाबहादुर घिमिरेले गरिरहेका छन् । उनी जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ६ निवासी हुन् ।
