एमाले महाधिवेशनः पाँंचतल्ले मन्दिरलाई उपेक्षा गरेको हो ?
मंसिर २६, २०८२, शुक्रबार | राति ०७:४३ बजे | 330
भक्तपुर । भोलिदेखि हुने नेकपा एमालेको ११ राष्टिय महाधिवेशन उदघाटनस्थल सल्लाघारी खुला चौर भक्तपुरमा विश्व सम्पदा सूचिमा परेको चाँगुनारायण मन्दिर झल्किने गरी निर्माण गरिएको छ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण गरिएको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइएको छ । साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीको अग्लो पूर्ण कडको तस्वीर पनि छ । साथसाथै सानोमा भक्तपुरको पाँंचतल्ले मन्दिरको फोटो पनि राखिएको छ, जुन टाढाबाट हेर्दा देखिन गाह्रो पर्छ । (तस्वीरमा देख्ने प्रयास गर्नुहोला ।)
कार्यक्रमस्थल वरिपरि अस्थायी शौचालय बनाइएको छन् । प्रवेशद्वार तथा आवश्यक अन्य संरचनाहरू आकर्षक रुपमा बनाइएको छ ।
चाँगुनारायण मन्दिरको आभास दिनेगरी निर्माण भइरहेको मुख्य मञ्च बाहिरबाट हेर्दा नै आकर्षक देखिने र मञ्चबाट उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको अनुभूति हुनेगरी विशेष डिजाइन गरिएको बनाइएको छ । मञ्चमा नेवारी कला–संस्कृति झल्कने दृश्य, प्रतीक तथा सजावटका संरचनाहरू राखिने जनाइएको छ । त्यस्तै उदघाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूका लागि छुट्टै प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक् गेट निर्माण गरिएको छ ।
महाधिवेशनस्थल पहिचानलाई सजिलो बनाउन विभिन्न स्थानमा ब्यानर, पार्टी झण्डा राखी प्रचार–प्रसार गरिएका छन् ।
