सकियो संयुक्त भेला कार्यक्रम


मंसिर २६, २०८२, शुक्रबार | साँझ ०४:४३ बजे | 215


सकियो संयुक्त भेला कार्यक्रम

भक्तपुर, २६ मंसिर । श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं स्थापना दिवसको अवसरमा संयुक्त भेला कार्यक्रम अध्यक्ष कृष्णराम कासिछ्वाज्यूको सभापतित्वमा संस्थाको सभाकक्ष शुक्रबार सम्पन्न भयो ।
संस्थाका सल्लाहकार ईन्द्र बहादुर प्याठले चीनमा सहकारीको विकास गरी चिनिया जनकम्युन स्थापना भएको बताउँदै अहिले पनि सहकारीको ४० प्रतिशत र सरकारले ६० प्रतिशत लगानीमा तिब्बत जस्तो चिसो स्थानमा स्याउ उत्पादन र कुखुरा पालन फस्ताएको बारे हरेक योजनाको तर्जुमा तथा कार्यान्वयन गर्नेबारे जानकारी दिनुभयो भने सहकारीमा सदस्यहरु कसरी आकर्षण गर्ने तथा सहकारी ब्यवस्थापनबारे कुराहरु राख्नु भयो । साथै भोलि शनिबार सुर्यमढिमा कराते प्रतियोगिता तथा दतात्रयमा आधुनिक प्रविधिबाट पाठेधरको जाँच रहेको बताउनु भयो । 
सल्लाहकार रामकृष्ण प्रजापतिले स्थापना दिवस मनाउनुको अर्थ संस्थाको इतिहासलाई सम्झाना र समाज, समुदाय वा देशको लागि पु¥याएको योगदानलाई सम्मान दिन्छ भन्नुभयो । उहाँले संस्था स्थापनामा आवद्ध सदस्यहरुलाई गर्व र नयाँ सदस्यहरुलाई लक्ष्यप्रति उत्प्रेरणा जगाउँछ भन्नुभयो । उहाँले संस्था प्रति सकारात्मक उत्साह र चेतना बढाउने गर्छ भन्नुभयो । उहाँले  रक्तदानको महत्व र आवश्यकताबारे बताउदैं सहकारी कस्तो र कसरी संचालन गर्दा सदस्यहरुको मन जित्न सकिन्छमा बढि जोड दिनु्भयो ।  
       कार्यक्रममा अध्यक्ष एवं सभापति कृष्णराम कासिछ्वाज्यूले १९ औं स्थापना दिवस सभ्य र भव्य  बनाउन मंसिर २८ गते आईतबार च्याम्हासिंह चोकमा खुल्ला रक्तदान, निःशुल्क प्रेसर तथा सुगर जाँच हुने र पुस ५ गते शनिबार सिजः महादेव गछें चोफलमा सहकारीका सदस्यहरुबीच कसिमला पाँय् प्रतियोगिता हुने वताउँदैं सहकारीको स्थापनाकालदेखि हालसम्मको सहकारीबारे प्रस्त्याउनु भयो । 
कार्यक्रममा स्वागत मन्तव्य रामकृष्ण लावजू, कोषाध्यक्ष तुल्सी केशरी छुजूं, प्रबन्धक गौतम कुटुवाजू, लेखापढि सल्लाहकार न्हुछेभक्त कोजू र कार्यक्रम संचालन सचिव सत्यराम ज्ञामरुले गर्नुभयो । 
 

फाेटाेमा हेर्नुहाेस्...

सकियो संयुक्त भेला कार्यक्रम

Comments