काठमाडौं क्षेत्र न.५ बाट सरिन घिमिरे प्रत्यक्षतर्फ सिफारिस
मंसिर २५, २०८२, बिहीबार | साँझ ०५:३२ बजे | 90
नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र न.५ ले काङ्ग्रेस प्रवक्ता डा. प्रकाश शरण महत ,पुर्व स्वास्थ्य मन्त्री प्रदिप पौडेल ,तरुण नेता सरिन घिमिरे सहित प्रत्यक्षमा छ (६) जनाको नाम सिफारिस गरेको छ । सरिन घिमिरे नेपाली काँग्रेसका युवा नेता हुन्। उनी पार्टीका महासमिति सदस्य हुन् र पछिल्ला १५ वर्षदेखि पार्टीको युवा संगठनमा कार्यरत छन्। घिमिरेले सिंगापुरस्थित एनटीयूको एस. राजरत्नम् स्कूल अफ इन्टरनेशनल स्टडीजबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थतन्त्र (International Political Economy) मा स्नातकोत्तर (MSc) गरेका छन्। उनले आफ्नो स्नातक अध्ययन (Major in Economics) अमेरिकाको स्टेट युनिभर्सिटी अफ न्यु योर्क, बफेलोबाट पूरा गरेका हुन्। घिमिरे रोटेरियनको रूपमा सामाजिक सेवामा संलग्न छन्। घिमिरेले विकास, राजनीति र वैदेशिक नीतिका विषयमा नियमित रूपमा लेख्ने गर्छन्। उनले विभिन्न थिंक ट्यांक र बहुपक्षीय संस्थाहरूमा परामर्श तथा अनुसन्धान कार्य प्रदान गरेका छन् ।
