भक्तपुर १ मा कांग्रेसबाट बाबुराजा जोशी सिफारिस
मंसिर २३, २०८२, मङ्गलबार | राति ०७:११ बजे | 1615
भक्तपुर । फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर क्षेत्र नं १ मा बाबुराजा जोशी प्रत्यक्ष निर्वाचनका लागि सिफारिसमा परेका छन् । साथै सोही क्षेत्रमा समानुपातिकमा कृष्णलाल भँंडेल र गंगालक्ष्मी अवाल सिफारिसमा परेका छन् ।
प्रत्यक्ष निर्वाचनमा सिफारिसमा परेका जोशी यसअघि पनि क्षेत्र नं १ बाटै कांग्रेसबाट उम्मेदबार बनेका थिए । जोशी २०७४ सालको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालसँग चुनावी प्रतिस्पर्धामा थिए । त्यसबेला प्रेम सुवाल विजयी हुँंदा जोशी निकटत प्रतिद्धन्द्धी बनेका थिए । सुवालले ३३ हजार वढी मत पाउँंदा जोशीले १७ हजार मत पाएका थिए ।
२०७९ को निर्वाचनमा भने जोशी उम्मेदबार थिएनन् । उक्त समयमा भक्तपुर १ मा पुनः नेमकिपाकै सुवालले ४२ हजारभन्दा बढी मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका थिए । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका थिए ।
