रहेनन् भक्तपुरका लक्ष्मीभक्त चवाल


मंसिर २३, २०८२, मङ्गलबार | साँझ ०५:५५ बजे | 5825


रहेनन् भक्तपुरका लक्ष्मीभक्त चवाल

भक्तपुर । भक्तपुरमा साख साहु भनेर चिनिने लक्ष्मीभक्त चवालको ७२ वर्षको उमेरमा गएराति निधन भएको छ । स्वर्गीय चवाल लामो समयदेखि किड्नीको विरामी थिए । 
चवाल भक्तपुरको सामान्य किसान परिवारमा जन्मी सफल उद्यमी हुन सफल व्यक्ति थिए । साथै उनी समाजसेवी पनि थिए । उनी भक्तपुरको भीमसेनस्थान पुननिर्माणमा उपभोक्ता समितिका संयोजक थिए । साथै सोही स्थानमा रहेको मुदीप पुननिर्माण उपभोक्ता समितिको पनि उनी संयोजक थिए । उनी भक्तपुरको चांँगुनारायण नगरपालिका झौखेलस्थित चाँंगुनारायण इटाभटाका संस्थापक पनि थिए । 
भक्तपुर नगरपालिका वडा नं ४ लाकुलाछेंमा बुबा रामभक्त चवाल र आमा आसमति चवालको कोखबाट उनको जन्म २०१० साल असार २४ गते भएको थियो । उनको निधनबाट भक्तपुरको व्यापार व्यवसायमै अपुरणीय क्षति पुगेको बताइएको छ ।   

फाेटाेमा हेर्नुहाेस्...

रहेनन् भक्तपुरका लक्ष्मीभक्त चवाल

Comments