मध्यपुर स्काउट हाजिरीजवाफ सम्पन्न
मंसिर २२, २०८२, सोमबार | विहान १०:३० बजे | 435
स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिकाे अायाेजनामा नगरव्यापी स्काउट हाजिरीजवाफ प्रतियाेगिता २०८२ सम्पन्न भयाे । "बाैध्दिक बिकासका लागि स्काउट हाजिरीजवाफ" भन्ने नारा बाेकी अायाेजित उक्त प्रतियोगितामा कुल १८ अाेटा स्काउट ट्रुपहरूबिच कडा प्रतिस्पर्धा गरिएकाे थियाे । छनाैट चरणबाट छानिएका ६ अाेटा टिमहरूबिच भएकाे अन्तिम प्रतिस्पर्धामा क्रमश: ग्लाडस्टाेन, अादर्श, जनप्रेमी र इम्यानुयल स्काउट ट्रुपहरू क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल भएका थिए । पुरस्कृत बिद्यार्थीहरूलाई बधाई मन्तब्य राख्दै प्रमुख अतिथि तथा मथिनपा, वडा नं ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले बिद्यार्थीकाे व्यक्तित्व र नेतृत्व बिकासमा स्काउटिङ्गकाे भूमिका महत्वपूर्ण हुने बिचार व्यक्त गर्नुभयाे । साथै, बिद्यालयसंग स्काउटले गरेकाे सहकार्यप्रति खुशी व्यक्त गर्दै विशेष अतिथि गणेश मा.बि., नगदेशका प्राचार्य केशवचरण श्रेष्ठले हाजिरीजवाफले बिद्यार्थीहरूलाई मेहनती र लक्ष्याेन्मुख बनाउन टेवा पुर्याउने बिचार पाेख्नुभयाे । स्थानीय युवा परिचलन अायुक्त सुराेज श्रेष्ठकाे संयाेजकत्व र स्काउटर सुजन शुध्दकारकाे सह-संयाेजकत्वमा सञ्चालित साे प्रतियाेगितामा मध्यपुर स्काउटकाे संक्षिप्त इतिहास बताउनु हुँदै स्थानीय सदस्यता वृद्धि अायुक्त तथा वरिष्ठ स्काउटर भुवनचरण श्रेष्ठले महत्वपुर्ण स्काउट कृयाकलापहरू र त्यसले पार्ने सकारात्मक एवम् रचनात्मक प्रभावहरूबारे अाफ्नाे धारणा व्यक्त गर्नुभयाे । स्थानीय प्रमुख अायुक्त तुल्सीहरि प्रजापतिकाे सभापतित्वमा सम्पन्न पुरस्कार बितरण कार्यक्रम स्काउटर शुसिला श्रेष्ठले सञ्चालन गर्नुभएकाे थियाे ।
